पथरी शनिश्चरे / पथरी शनिश्चरे वडा नं २ मोरङ्ग ले आज शनिबार ईलामको पाथिभरा मन्दिर सहित विभिन्न स्थानहरूमा आफ्नो वडाका जेष्ठ नागरिकहरूलाई तिर्थटान ( तिर्थ भ्रमण) गराएको छ।
शनिबार वडा कार्यालयले आफ्नो जेष्ठ नागरिक तिर्थाटन कार्यक्रम अन्तर्गत ईलामको प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरको दर्शन गराउनुका साथै फिक्कल बजारमा भोजन गराएको हो।
उहाँलाई कन्यामको पनि अवलोकन गराईएको थियो। मुख्यतः बोक्रे चोक ,देवीगंञ्ज र बुद्ध चोक गरी वडाका विभिन्न स्थान र टोल बस्नु हुने ८० जना वृद्ध वृद्धाहरुलाई तिर्थयात्रा गराईएको वडाध्यक्ष नैना साम्पाङ राईले बताउनुभयो।
उक्त अवसरमा ७० वर्षदेखि ९० वर्ष सम्मका वृद्ध वृद्धा आमा -बाबुहरुले तिर्थयात्रा गर्नुभएको हो। वृद्ध आमाबुवाहरूको स्वास्थ्य जाँच तथा हेरचाहका लागि पथरी नगर अस्पतालकी स्वास्थ्यकर्मी सुजता ढकाल खटिएकी थिईन्। उक्त भ्रमणका क्रममा वडा सदस्यहरू क्रमश: चन्द्रकुमार राई, खिलानाथ घिमिरे, अम्बिका लिम्बु, सीता भुसाल,वडा सचिव गोमादेवि पौडेल, कर्मचारी गोपाल खड्का समेत रहनुभएको थियो।।