पथरीशनिश्चरे, साहरा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ईकाईगत २८ औं साधारण सभा सम्पन्न भएको छ। शुक्रबार माेरङ्गकाे पथरीशनिश्चरे वडा नं- १ को नर्वदेश्वर शिवालय मन्दिरमा आयोजित कार्यक्रममा उक्त सभा सम्पन्न भएको हो।
यो संस्थाको इकाइगत साधरण सभा पुस -२१ देखि २१ गतेसम्म सञ्चालन भइरहेको छ। पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापोले उद्घाटन गर्नुभएको सो सभामा पथरी सेवा केन्द्र सहयोग उप – समिति संयोजक अशोक आचार्यको अध्यक्षतामा भएको थियो।
संस्थाको आर्थिक वर्ष – २०८०/ २०८१ को शेयर पुँजी १ अर्ब ६७ करोड, जगडा कोष १ अर्ब २६ करोड, कर्जा तथा सापटी १० अर्ब ९३ करोड, बचत १२ लाख ७५ करोड, कर पछिको नाफा ८ करोड ५२ लाख, आय १ अर्ब९१ करोड र र खर्चतर्फ १ अर्ब ८० करोड रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।
सो सभामा वडा सदस्य सुरेश कार्की, साहारा नेपाल सञ्चालक समितिबाट महिला उपाध्यक्ष , सदस्य क्रमशः पवित्रा सुब्बा, भोला धिताल र ऋण अनुगमन अधिकृत महेश तामाङ र पथरी सहयोग उपसमितिका सदस्यहरू र सेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।