पथरीशनिश्चरेमा ‘आपत विपतमा वडा’  - Pahilo Online

पथरीशनिश्चरेमा ‘आपत विपतमा वडा’ 

writer

पहिलो अनलाइन

शनिश्चरे,  पथरी शनिश्चरे वडा नं. ८ का जनप्रतिनिधिहरुले वडाका मृत्युकार्यमा आवश्यक पर्ने सामाग्री निः शुल्क उपलव्ध गराउँदै आएको छ ।
वडामा कुनै घरमा मृत्यु संस्कार गर्दै गरेका घरमा आवश्यक पर्ने ह्यालोजिङ बत्ती र किरियापुत्रीले खाने खाना बनाउनको लागि ग्यास सिलिण्डर समेतको व्यवस्था गरेको छ । ‘आपत विपतमा वडा’ भन्ने मूल नाराका साथ वडाध्यक्ष नविन कार्कीले देशमै पहिलो पटक वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको बताउनुभयो ।
मृत्यु संस्कार सकिएपछि ति सामग्री वडा कार्यालयमा फिर्ता ल्याउनुपर्ने नियम वनाइएको छ भने कुर्सी भने वडाका विभिन्न क्लवका कार्यालयमा राखिने वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । यस्तै वडा भित्रका कसैको मृत्यु भएर घरबाट घाटसम्म लास लैजान नगरपालिकाको शव वाहनले नभ्याएको समयमा वडाले नै निःशुल्क अर्काे गाडीको व्यवस्था गरिदिदै आएको छ । वडा भित्रका अक्सिजन लगाउनुपर्ने वडावासीलाई निःशुल्क अक्सिजन सिलिन्डर उपलब्ध गराउदै आएको छ ।
यसैगरी वडाले अति विपन्न परिवारलाई काजकिरिया खर्च, बिपन्न परिवारमा सुत्केरी भएमा पोषण सामग्री वितरण र सुत्ने खाट नभएका परिवारलाई सुत्ने खाटको पनि बन्दोबस्त गरिरहेको छ । वडावासीलाई संर्पदंशको उपचार समेत निःशुल्क उपलब्ध गराउँदै आइरहेको वडा सदस्य बाबुराम चौधरीले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes