प्रभावकारी बन्दै वडाको ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम - Pahilo Online

प्रभावकारी बन्दै वडाको ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम

writer

पहिलो अनलाइन

 शनिश्चरे,  पथरी शनिश्चरे वडा नं. ८ ले निरन्तरता दिदै आएको ‘जनतासँग जनप्रतिनिधि’ प्रभावकारी बन्दै गइरहेको छ । वडा नं. ८ का जनप्रतिनिधिहरू निर्वाचनको समयमा मात्रै होइन, निर्वाचित भए पश्चात् पनि निरन्तर जनताको घरदैलोमा पुगिरहनुभएको छ ।

वडाले वि.सं. २०७९ असोज महिनाको अन्तिम शनिबारदेखि सुरुवात गरेको यो कार्यक्रम वडा हुँदै नगरवासीको लागि नयाँ प्रयोग भएको साथै अहिले लोकप्रिय बन्दै गएको वडावासीहरुले बताउन थालेका छन् ।

वडाले हरेक महिनाको अन्तिम शनिबार जनताको घरदैलोमा जाने भेटघाट गर्ने, गफ गर्ने, सल्लाह÷सुझाब लिने, गुनासो सुन्ने सोचका साथ यो कार्यक्रम गर्दै आइरहेको छ । जनताको घरदैलोमा जादा भोट हालेर जिताएका नागरिकहरूको घरमा सुत्ने खाट नभएर चिसोमा भुइ÷ बाँसको खाटमा सुत्नुपर्ने बाध्यता रहेको भेटिएपछि अभावले भुइमा सुत्नु नपरोस भनेर वडा कार्यलयबाट १२ परिवारलाई सुत्ने खाट वितरण गरिएको वडाध्यक्ष नविन कार्कीले जानकारी दिनुभयो ।

यसैगरी वडाले शौचालय नभएका परिवारलाई ५३ वटा शौचालय निर्माण गरी प्रदान गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes