पथरीशनिश्चरे । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ मोरङको आयोजनामा पथरीशनिश्चरे नगर महासंघ अन्तर्गत रहेका समूहहरूसँग एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सामुदायिक वन व्यवस्थापनमा देखा परेका समसामयिक चुनौतीहरू, समाधानका उपायहरू, नीति तथा कानुनी व्यवस्थाहरूको कार्यान्वयन लगायतका विषयमा छलफल गरिएको थियो । सहजिकरण प्रदेश समिति सचिवालय सदस्य अग्नि पौडेलले गरेका थिए । जिल्ला महासंघका कार्यवाहक अध्यक्ष मदन पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम व्यवस्थापन शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलमणि गुरुङ तथा उनको टोलीले गरेका थिए ।
कार्यक्रममा सरोकारवालाहरूको सहभागिता रहेको थियो भने सामुदायिक वन उपभोक्ताहरूका अनुभव, समस्या र सुझावहरू आदान–प्रदान गरिएको थियो ।