हरियाली सामुदायिक वनमा पर्यटकीय पूर्वाधार विस्तार - Pahilo Online

हरियाली सामुदायिक वनमा पर्यटकीय पूर्वाधार विस्तार

writer

मोहन भट्टराई


पथरीशनिश्चरे । पथरीशनिश्चरे–२ मा रहेको हरियाली सामुदायिक वन लिमिटेडले स्थानीय पर्यटन प्रवद्र्धन गर्दै हरित वातावरणको संरक्षणलाई समेत प्राथमिकता दिँदै आएको छ । २०७७ सालमा स्थापित यस कम्पनीले पौडी पोखरी सञ्चालनमा ल्याएको छ ।

‘हाम्रो मुख्य उद्देश्य पर्यटकीय संरचनालाई व्यवस्थित गर्दै स्थानीय तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने हो’– कम्पनीका अध्यक्ष दिलबहादुर तामाङले भने ‘यसका लागि थप योजनाहरू अघि बढाइरहेका छौं ।’ अध्यक्ष तामाङका अनुसार पौडी पोखरीबाट आ.व. २०८०÷८१ मा कुल सञ्चालन खर्च कटाएर मुनाफा आर्जन गरेको छ ।

पर्यटकीय पूर्वाधार विकासमा तिव्रता
हरियाली सामुदायिक वन लिमिटेडले विभिन्न भौतिक संरचनाहरू सम्पन्न गरिसकेको छ । जसमा व्यवस्थित पौडी पोखरी र त्यसभित्र महिला तथा पुरुषका लागि छुट्टै चेन्जिङ रुम, पानी फिल्टर मेशिन कोठा, महिला तथा पुरुषका लागि छुट्टै शौचालय, चमेना गृह, टिकट काउन्टर, सुरक्षा गार्ड रुम, ए.टी.एम. रुमलगायत निर्माण गरिसकेको छ । त्यस्तै, दक्षिण तर्फको इन्टरलक र दक्षिण कम्पाउण्ड वाल समेत निर्माण सम्पन्न गरेको छ ।


कम्पनीका अध्यक्ष तामाङले भने ‘हामी पर्यटकीय पूर्वाधार निर्माणमा विशेष ध्यान दिइरहेका छौं । स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै, पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य छ ।’ उनी भन्छन्, “वनभोजस्थल, खेलकुद गतिविधि, रिसर्च सेन्टर तथा वैज्ञानिक बालउद्यान निर्माणले हामीलाई दीर्घकालीन पर्यटन केन्द्रको रूपमा स्थापित गर्नेछ ।’

 

निर्माणाधीन योजनाहरू
कम्पनीले विभिन्न नयाँ संरचनाहरू निर्माण गर्दैछ ।
जसमा हरियाली पार्कको घेराबारा निर्माण,
व्यवस्थित पार्किङको व्यवस्था
पार्क भित्रका बाटाघाटाहरू डि.पि.आर. अनुसार निर्माण
वनभोज कटेजहरूको निर्माण
वनभोजस्थलभित्र आवश्यकतानुसार पानी, विजुली जडान
पर्यटकका लागि वनभोजस्थलमा शौचालय निर्माण
पर्यटनस्थल भित्र कप्पल बेञ्चहरूको निर्माण
वैज्ञानिक तवरले बालउद्यान निर्माण
मिरर हाउस, प्लानेटेरियम, बोटानिकल गार्डेन, जुलोजिकल पार्क, रिसर्च सेन्टर जस्ता सुविधाहरूको विकास
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको बहुसाँस्कृतिक कला कृतिहरूको संग्रहालय निर्माण
नेपालको नक्सा अंकित पोखरीलाई सरसफाइ गरी माछा पालन तथा बोटिङ सञ्चालन
आवश्यकता अनुसार कफी स्टेण्ड, टि स्टेण्ड तथा मासु पोलेर खाने ठाउँको प्रबन्ध
साइकिलिङ, ब्यायामशाला, फोटोग्राफी, थ्रीडी हल, घोडचढी तथा अन्य खेलकुदका विधाहरू थप गर्ने योजना रहेको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष तामाङ भन्छन्, ‘स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पु¥याउने गरी पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्दै छौं । यहाँ आउने पर्यटकहरूका लागि उत्कृष्ट पूर्वाधार निर्माण गर्ने हाम्रो प्राथमिकता हो ।’


हरियाली सामुदायिक वन लिमिटेडले पर्यटन क्षेत्रलाई थप वैज्ञानिक र व्यवस्थित बनाउँदै लग्ने प्रतिबद्धता जनाएको छ । कम्पनीको व्यवस्थापन पारदर्शी राख्दै, दीर्घकालीन विकास योजना अघि बढाउने सञ्चालकहरूको योजना रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes