मोरङ । नेकपा (माओवादी केन्द्र) मिक्लाजुङ गाउँपालिका, मोरङको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै पार्टीको संगठनलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
अधिवेशनबाट निम्न नेतृत्व चयन गरिएको छः
अधिवेशनले उमेश राईको अध्यक्षतामा नयाँ कमिटि चयन गरेको हो । जसमा उपाध्यक्षहरूः प्रदीप पौडेल, बन्दना कट्टेल, टेक बहादुर रुचाल चयन भएका छन् । कमिटिको सचिवमा मनोज पौडेल र सह–सचिवमा घलिन्द्र खण्ड्का निर्वाचित भएका छन् ।
यसैगरी, सदस्यहरुमा आशामाया राई, राजेश राई, समिन्द्र राई, मनकृष्ण राई, राजकुमार राई, योगेन्द्र शिवा, खिलादेवी श्रेष्ठ, अम्बिका प्रधान, दिपक पोखरेल, अनु विश्वकर्मा, सन्जेकुमार लिम्बु रहेका छन् । यस्तै, डिकेन्द्र दाहाल, पूर्ण नेपाली, अनिल लिम्बु, सिता लिम्बु, चित्र फुयाल, टेकबहादुर रुचाल, रुपा गजमेर, हरिका तामाङ, तिलबहादुर खापुङ, सिता राई, सिता विश्वकर्मा, शोभा रेग्मी, गिता खतिवडा, राजेश राउत, राजन नेम्बाङ, आइतबहादुर विश्वकर्मा, मुना पौडेल, चन्द्र ढुंगाना, प्रदिप पौडेल, शुक्र विश्वकर्मा, लक्ष्मि नेपाल, गिता प्रसाद लामिछाने, मुना तुम्रुक, पुष्प मोते र जानुका दर्जी सदस्यमा चयन भएका छन् ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटि सदस्य एवं मोरङ जिल्ला समन्वय समितिका सह–इन्चार्ज प्रेम मिभव लिम्बू, प्रदेश समिति सदस्य दिनेश पौडेल, प्रदेश कमिटि सदस्य यम गजमेर एटमलगायत विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्दै नेता मिभवले पार्टीलाई स्थानीय तहमा मजबुत बनाउँदै जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिए। उनले पार्टीको आगामी कार्यदिशा, संगठन विस्तार, तथा विकास निर्माणमा नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए ।
यसैगरी, शुभकामना मन्तव्य राख्दै कार्यक्रममा नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटि सदस्य दिनेश पौडेलले पार्टीलाई सशक्त बनाउँदै संगठन विस्तारमा ध्यान दिनुपर्ने बताए । प्रदेश कमिटि सदस्य यम गजमेर एटमले पनि पार्टीलाई बलियो बनाउन एकता, संगठन र विचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
अधिवेशनले पार्टीलाई स्थानीयस्तरमा अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । नयाँ नेतृत्व चयनसँगै मिक्लाजुङ गाउँपालिकामा माओवादी केन्द्रको संगठन थप सशक्त हुने विश्वास लिइएको छ ।