पथरीशनिश्चरेमा प्राविधिक शिक्षाबारे अभिमुखिकरण - Pahilo Online

पथरीशनिश्चरेमा प्राविधिक शिक्षाबारे अभिमुखिकरण

writer

पहिलो अनलाइन

पथरीशनिश्चरे (मोरङ) । महिला जागृति सामुदायिक वन उपभोक्ता समूह पथरीशनिश्चरे–९ को आयोजनामा शुक्रबार ‘मेरो इच्छा प्राविधिक शिक्षा, प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने नारासहित एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
सहयोगी नेपाल, विर्तामोड झापाको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरुलाई साबुन, फिनेल र हर्पिक बनाउने सिपमूलक तालिमका बारेमा जानकारी दिइएको थियो । साथै स्टाफ नर्स, ल्याव टेक्निसियन, सूचना प्रविधि (आईटी), फरेष्ट्रि साइन्स, होटल म्यानेजमेन्ट लगायतका प्राविधिक कोर्ष अध्ययन तथा व्यवस्थापनबारे जानकारी दिइएको थियो ।
कार्यक्रममा सहयोगी नेपालका सञ्चालक दयालाल राजवंशी (डीएल) ले ब्रिजकोर्ष कक्षा सञ्चालन सम्बन्धी सहजीकरण गरेका थिए । उनले विपन्न उपभोक्ता परिवारका जेहेन्दार विद्यार्थीलाई प्राविधिक शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम वन समूहका सचिव तुलसीराम श्रेष्ठले सञ्चालन गरेका थिए भने अध्यक्ष तुलसा याखाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष याखाले सिपमूलक तालिमले महिला र समुदायका सदस्यहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।
उक्त कार्यक्रममा समूहका ४९ वटा टोल प्रमुखहरु, लेखा समिति, अनुगमन तथा न्यायिक समिति, सल्लाहकार समितिका प्रमुख तथा सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes