पथरी शनिश्चरेमा सार्वजानिक सुनुवाई कार्यक्रम - Pahilo Online

पथरी शनिश्चरेमा सार्वजानिक सुनुवाई कार्यक्रम

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे, पथरी शनिश्चरे वडा नं. ७ को लामाटोलीमा सार्वजानिक सुुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
आज वडा नं. ७ को लामाटोलीमा अवस्थित दुर्गा माध्यमिक विद्यालयमा आयोजना गरिएको सार्वजानिक सुनुवाई कार्यक्रममा विशेषतः नगरको विकास निर्माण, स्वास्थ्य, शिक्षा र कृषिसँग सम्वन्धित सवालहरु उठेका थिए ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरवासीको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । तिम्मा साप्ताहिकको सहकार्यमा भएको सो कार्यक्रममा उठेका सवालहरु जवाफ नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई, लेखा शाखा प्रमुख पिताम्बर वस्ती, शिक्षा शाखा प्रमुख नविन खुलालले दिनुभएको थियो ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापोले नगरपालिकामा विकास निर्माणका कार्यहरु द्रुत गतिमा सम्पन्न भइरहेका र हुन बाँकी विकास योजनाहरुलाई जतिसक्दो चाँडो सम्पन्न गर्न लागिरहेको बताउनुभयो ।
सार्वजानिक सुनुवाई कार्यक्रम वडा नं. १ का वडाध्यक्ष भीम राई, वडा नं. २ का वडाध्यक्ष नैना राई, वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा नं. १० का अध्यक्ष जीवन खतिवडा, स्वास्थ्य अधिकृत एकराज खत्री, नगरका शाखा प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षक बिुद्धिजिवीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
नगरको सार्वजानिक सुनुवाई कार्यक्रम यसभन्दा अघि पथरी शनिश्चरे वडा नं. ९ को शनिश्चरे बजार, वडा नं. ५ र ६ को हसन्दह बजारमा सम्पन्न भइसकेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes