शनिश्चरे । मोरङ पथरीशनिश्चरे–९ स्थित महिला जागृति सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा बिहीबार सर्पदंश रोकथामसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सर्प विशेषज्ञ प्रेमकुमार विष्टले सहजकर्ताको रूपमा सहभागी भई सर्पदंशका कारण, लक्षण तथा रोकथामका उपायबारे विस्तृत जानकारी प्रदान गरे । उनले सर्पसँग जोगिन अपनाउनुपर्ने सावधानी र दंश भएमा तत्काल अपनाउनु पर्ने प्राथमिक उपचारसम्बन्धी समेत प्रशिक्षण दिए ।
विष्टले सर्पदंशका विरामीलाई सर्पदंशको उपचार हुने स्वास्थ्य केन्द्रमा समयमै लैजानु पर्ने बताउँदै विषालु सर्पले टोकेका विरामीको समयमै उपचार नभए मृत्यु समेत हुने बताए । गर्मीयाममा सर्प प्रभावित मानिसहरुको संख्या बढी हुने गरेको तर्फ मध्यनजर गर्दै सर्पदंशबाट बच्ने, सर्पले टोके प्राथमिक उपचार गर्ने, साथै सर्पदंश उपचार केन्द्रहरुमा लैजाने लगायतका विषयमा सचेतना मुलक सहजिकरण गरेका थिए ।
कार्यक्रम वन समूहको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सह सचिव मुना पाण्डेले गरेकी थिइन् भने स्वागत मन्तव्य सचिव तुलसीराम श्रेष्ठले राखेका थिए । कार्यक्रमको अध्यक्षता समूहकी अध्यक्ष तुलसा याखाले गरेकी थिइन् ।
अध्यक्ष याखाले कार्यक्रम समापन गर्दै स्थानीय समुदायलाई सर्पदंशप्रति सचेत बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले सहभागीहरूमा सर्पप्रतिको डर हटाई सही जानकारी प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।
सर्पले डसेमा गर्नुपर्ने कार्यहरु
१. सर्पले डसेमा हतोत्साहित नहुनु एकदमै महत्वपुर्ण हुन्छ । धेरैजसो व्यक्तिहरुको ज्यान हतोत्साहित भएरै जान पनि सक्छ । याद गर्नुपर्ने कुरा के हो भने सबै सर्पहरु विषालु हुँदैनन् । विषालु सर्पले नै डसेको रहेछ भने पनि हतोत्साहित भइयो भने चाँडो सर्पदंश उपचार केन्द्रमा पुग्न सकिँदैन । त्यसैले डसेको व्यक्तिलाईृ सान्त्वना दिदै ढाडस दिदै जतिसक्दो चाँडो सर्पदंश उपचार केन्द्रमा पुग्ने व्यवस्था गर्नु सबैको दायित्व हो ।
२. सर्पलाई समाउन वा मार्न खोज्नु हुँदैन । त्यसले अर्काे डसाइको खतरा बढाउँछ तथा शरीरमा बिष थप हुन गई चाँडै मृत्यु हुनसक्छ । सर्र्प खोज्नाले उपचारको लागि ढिला हुन्छ तथा सर्पको बिष शरीरभरि फैलिएर असर देखाइसक्छ वा ज्यान नै लिइसक्छ । सर्प खोजेर वा मारेर लैजानाले उपचारमा खासै विशेष अर्थ राख्दैन ।
३. सर्पदंश भएको ठाउँमा केही पनि लगाउने वा बाँध्ने काम नगरौं । काम्रो डोरी आदि बाँध्नाले शरीरको अंग काटनुपर्ने अवस्था आउँछ तथा कुनै पनि चिज डसेको स्थानमा लगाउनाले उपचारमा ढिला हुन्छ तथा अन्य गम्भीर खतराहरु जन्माउन सक्छ ।
४. सर्पले डसेमा दौडने काम नगर्नुहोस् । जसले मुटुको धडकन बढाएर बिषलाई शरीरभरि तीव्र रुपमा फैलाई दिन्छ र चाँडो ज्यान लिन मद्धत गर्दछ । त्यसैले हाम्रा गाउँघरमा बिशेषतः सहजरुपमा उपलब्ध हुने र द्रुत गतिमा गुडने साधनका रुपमा रहेका मोटरसाइकल, स्कुटर आदीको सहायताले नजिकैको सर्पदंश उपचार केन्द्रमा पुग्ने काम गरौं ।
५. विषालु सर्पले डसेको ठाउँमा सिनेमामा देखिएजस्तो काट्ने, चुस्ने र आगोले डाम्ने काम नगरौं । यसले अनावश्यक चोट मात्रै पुग्ने मात्रै नभई उपचारको महत्वपूर्ण समय खेर गई ढिला भएर ज्यान जाने हुन्छ । त्यस्तै रक्तस्राव भएर वा घाउ भएर डसेको व्यक्तिको मृत्यु हुन सक्छ । डसेको बिष डसेको स्थानबाट अन्यत्र गइसक्ने भएकाले यस किसिमको कार्यले हानी मात्रै पु¥याउँछ ।
६) डसेको स्थानमा कुनै पनि जडिबुटी, रसायनिक पदार्थ, वरफ÷चिसो÷तातो वा बिजुलीको झट्का लगाउने काम नगरौं ।
७) प्रारम्भिक अवस्थामा खुर्सानी खाएर सर्पले डसेको थाहा हुँदैन, यसले त पेट पोलेर उपचारमा झन बाधा पु¥याउँछ ।
८) कुखुराको मलद्वार डसेको ठाउँमा लगाउँदा विष चुस्छ भन्ने धारणा गलत हो । त्यस्तै जहरमोहोरा वा अन्य पत्थर, बेसार आदिको प्रयोगले समयको बर्बादी मात्रै हुन्छ । जुन समयको सदुपयोग गर्न सकेको खण्डमा मानिसको ज्यान बच्छ ।
जानी राखौं
१. समयमै उपचार गरे विषालु सर्पले डसे पनि मानिसको ज्यान बचाउन सकिन्छ ।
२. सर्पले डसेको थाहा पाउने बित्तिकै नजिकैको सर्पदंश उपचार केन्द्रमा पुग्नाले अकालमै ज्यान जानबाट बच्न सकिन्छ ।
३. विषालु सर्पले डसेर मर्ने कारणहरु मध्ये समयमै उपचार गर्ने ठाउँमा नपुग्नु प्रमुख हो ।
४. धामी, झाँक्री, झार–फुक, जडीबुटीको विश्वास गर्दा अनावश्यक समय खेर गई मृत्यु हुने निश्चित प्रायः छ । त्यसैले सर्पको डसाईबाट बचौं र सर्पले डसी हालेमा कुनै पनि बहानामा बिलम्ब नगरी सर्पदंश उपचार केन्द्रमा पुगौं । सर्पको डसाईबाट बच्न आफ्नै सावधानी आवश्यक छ भने बिषालु सर्पले डसेपछिको छोटो समयले मानिसलाई पुनःजीवन दिने वा मुत्युको मुखमा पु¥याउने भन्ने कुरा पनि हाम्रै हातमा रहेकाले हेक्का राखौैैं ।