विराटनगर, ९ फागुन । सिटी सफारीको कारण विराटनगरको ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बनिरहेको बेला भारतीय कम्पनीको अर्को सफारी बजारमा आएको छ ।
भारतीय काइनेटिक कम्पनीबाट उत्पादित सफारीको विक्री वितरण गर्ने उद्देश्यले विराटनगरको पिपल चोकमा सञ्चालनमा आएको शो–रुमको बुधबार विराटनगर महानगरका मेयर भीम पराजुलीले उद्घाटन गर्नुभयो ।
सोरुममा ३ लाख २१ हजार रुपैयाँदेखि ४ लाख ९८ हजार रुपैयाँसम्मका सफारी राखिएको छ । फोहोर तथा सामान बोक्नेदेखि यात्रु बोक्नमिल्ने सफारीको शो–रुम विराटनगरका उद्योगी महेश जाजुले सञ्चालनमा ल्याएका हुन् ।
शो–रुम उद्घाटनको अवसरमा जाजुले विराटनगर महानगरपालिकालाई ४ लाख ९८ हजार रुपैयाँ पर्ने फोहोर संकलन गर्न मिल्ने सफारी प्रदान गर्नुभएको थियो । शो–रुम सञ्चालक जाजुले विद्युतीय व्यट्रीबाट सञ्चालन हुने सफारी बलियो र किफायती रहेको बताउनुभयो ।