सभामुखको निर्वाचन २६ गते - Pahilo Online

सभामुखको निर्वाचन २६ गते

writer

पहिलो अनलाइन

काठमाडौं, २० फागुन । संघीय संसदको सभामुखको निर्वाचन फागुन २६ गते हुने भएको छ ।  आइतबार बसेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ५ राजनीतिक दलको बैठकले सभामुखको निर्वाचन फागुन २६ गते गर्ने निर्णय गरेको हो ।

संसदका उपसभामुखको निर्वाचन भने चैत २ गतेको लागि तय भएको छ । बैठकले दुबै सदनका सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्षको निर्वाचनको तालिकासमेत स्वीकृत गरेको संसद सचिबालयका प्रवक्ता डा.भरतराज गौतमले जानकारी दिनुभयो ।

निर्वाचन तालिकानुसार फागुन २६ मा सभामुखको निर्वाचन, ३० गते राष्ट्रियसभाका अध्यक्षको निर्वाचन, चैत २ गते उपसभामुखको निर्वाचन र चैत ४ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक भएको छ । संसदको पहिलो बैठक सोमबार बस्दैछ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । आइतबार बसेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच दलको यही फागुन २७ गते प्रधानमन्त्रीले व्यवस्थापिका संसदबाट विश्वासको मत लिने निर्णय गरेको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतम जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ३ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्रीले आफू नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes