विराटनगर । आइटीको माग र विद्यार्थीहरुमा रहेको जिज्ञासा परिपूर्ति गर्न इनोभेट नेपाल ग्रुपले देशका बिभिन्न शहरमा आइटी बुट क्याम्प आयोजना गर्ने भएको छ ।
मार्च २६ देखि अप्रिल ०६ सम्म आइटी बुट क्याम्प काठमाडौँ, पोखरा, भरतपुर, धरान, बिराटनगर, इटहरी र बिर्तामोडमा आयोजना गर्न लागिएको हो ।
पूर्वमा पनि आइटीको आकर्षण बढ्दै गएको अवस्थामा कक्षा १२ अध्ययनरत विद्यार्थीको लागि प्रोग्रामिङ, साइबर सेकुरिटी, युआइ र युएक्ष सम्बन्धित एक दिने आइटी बुट क्याम्प सञ्चालन हुने भएको हो । बुट क्याम्पमा लागि आइटी क्षेत्रमा प्रतिष्ठित तथा राष्ट्रिय र अन्तराष्ट्रिय अनुभबप्राप्त प्रशिक्षकहरु सहभागी हुने आयोजकले जनाएको छ ।
पूर्वका विद्यार्थीका लागि उक्त क्याम्प इटहरीमा १३ चैतदेखि १५ चैतसम्म हुनेछ । चैत १५ गते झापा र विराटनगर, १७ गते इटहरी र १८ गते धरानका बिद्यार्थीको लागि क्याम्प आयोजना हुने बताइएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इस्लिंग्टन कलेज काठमाडौं, हेराल्ड कलेज काठमाडौं, मेरिल्याण्ड कलेज बिराटनगर, इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् । यी सबै कलेजहरुमा बेलायतको विश्वबिद्यालयको बिआइटी र बिबिएको कक्षा सञ्चालन भइरहेको छ ।