विराटनगर । मिस एण्ड मिस्टर टिन पूर्वाञ्चलको पहिलो अडिसन सकिएको छ । मंजिना मूभिजको आयोजनामा भएको प्रतियोगिताको पहिलो अडिसनमा ४१ जना प्रतियोगिहरुको सहभागिता रहेको थियो ।
किशोर–किशोरीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताको फाइनमा आगामी जेठमा हुनेछ ।
विभिन्न चरणमा हुने अडिसनबाट छनौट भएका प्रतियोगिहरुलाई फाइनलमा लगिनेछ । प्रतियोगितामा १३ देखी १९ वर्ष उमेरका अबिवाहित किशोर किशोरीहरुले भाग लिएका थिए ।
विराटनगरमा भएको पहिलो अडिसनको निर्णायकहरुमा होटल व्यवसायी यूनेशराज श्रेष्ठ, मिस नेवा कोशीको बिजेता राइसा श्रेष्ठलगायत रहेका थिए । ‘पहिलो अडिसनमा सोचेभन्दा राम्रो सहभागि देखियो,’ आयोजक समितिको प्रमुख जतिन ताम्राकारले भने, ‘यस प्रतियोगिता भव्य र सभ्य तरिकाले सम्पन्न हुनेछ ।’