मात्रै यो दिलमा तस्बिर छाडेकी छौ,
सम्झना छौ मात्रै शरिर छाडेकी छौ
अमर छौ सधै अमर रह्ने छौ तिमी,
मैलाई रुवाउने तक्दिर छाडेकी छौ
यति चाडो इश्वरको हुनु जरुरी थियो र,
एउटै प्रश्न तिम्ले गम्भीर छाडेकी छौ
कहा पोखु अब मेरा रोदनका कथाहरु,
मनै रङ्गिन नसक्ने अविर छाडेकी छौ ।
आफु त खुशी खुशी विदा भएर गयौ
‘प्रमोद’को आँखामा समिर छाडेकी छौ
Ramro
Khushi lago pramod
Yesari nai aru pani prakasan garnu ?????