विराटनगर । खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले विराटनगरमा विराट सांग्रीला स्पोर्टिङ क्लब गठन भएको छ । उक्त क्बलको अध्यक्षमा रुपेश अधिकारी रहनुभएको छ ।
विराटनगरमा एक कार्यक्रम आयोजना गरी गठन भएको क्लबको उपाध्यक्षमा नविन घिमिरे, सौरभ साही, विनीता कार्की, रोहित कोइराला, विद्या थापा रहनुभएको छ ।
त्यस्तै महासचिवमा माधव भट्टराई, सचिव काशीराज पराजुली, कोषाध्यक्ष दिपेन्द्र थापा मगर, सह कोषाध्यक्ष गोविन्द कुमार पौडेल रहेका छन् । समितिको अन्य सदस्यमा भूमिका लामा, रिमा मगर, रोशन दत्त, उद्गम मिश्र, अजमेरी हुसेन, मधुवर्ण पाण्डे, विजयी श्रेष्ठ, घनश्याम शिलवाल, नारायण तिम्सिना, अनलेश कुमार कर्ण, सुरज श्रेष्ठ रहेका छन् ।
क्लबको नव निवनिर्वाचित अध्यक्ष अधिकारीले खेलकुदको विकासको लागि क्लब लाग्ने बताउनु भयो । उहाँले चाँडै विराटनगर क्षेत्रमा यस क्बलले फुटबल प्रतियोगिता समेत सञ्चालन गर्ने जानकारी दिनुभयो ।