दिन चर्या कसरी बिताई रहनु भएको छ ?
सामान्य साथीभाइहरुसंग भेटघाट ग¥यो सिरिजंघा धार्मिक वनको अध्यक्ष भएकोले त्यसको जिम्मेवारी मैले लिएको छु । त्यहाँ हुने क्रियाकलापमा साथीभाइहरुसंग भेटघाट गर्ने भएको क्रियाकलाप हेर्ने, वनमा पोखरीहरु निर्माण गरिएको छ । धार्मिक स्थलहरु निर्माण गरिएको छ । यसरी नै मेरो दिनहरु बिताई रहेको छु ।
सिरिजंघा धार्मिक वन समुहले के कस्ता कामहरु गरिरहेको छ ?
यस वनले अहिले आर्थिक वर्ष ०७४÷०७५ को रकमले एउटा पोखरी निर्माण ग¥यौं । हुन त त्यो पोखरी निर्माण गरेको लगातार ३ वर्ष भयो । विशेषगरी भु–संरक्षण, जिल्ला वन, नगरपालिका र हाम्रो वन गरेर पोखरी निर्माण गरेका हौं । त्यो पोखरी करिव २ हेक्टर पानीको मात्रा नापेका छौं । त्यो पोखरी वरिपरी ढुङ्गा र जाली लागाएका छौं । आ.व. ०७३÷०७४ को बजेटबाट हामीले नगर उद्यान अन्तर्गत एउटा पार्क निर्माण ग¥यौं ।
तपाइहरुको आम्दानीको श्रोत के हो ?
हामीलाई चल्न धेरै गाह्रो छ । किनभने अब अरु सामुदायिक वनहरु जस्तो जङ्गल काटेर खर्च गर्ने हाम्रो वनमा त्यो विधान छैन । हामीले जति काट्नुपर्छ धर्म प्रयोजनको लागि मात्र काट्न पाइन्छ । तर काठ बेचेर खर्च गर्न पाइँदैन । आम्दानीको श्रोत नभएकोले अहिले चाहीं हामीले माछा खाडी बनाएका छौं । त्यहाँबाट उत्पादन भएको माछाबाट दिगो आम्दानी गर्न सकिन्छ भनेर माछा पालन गरेका छौं ।
यस वनको क्षेत्रफल र उपभोक्ता घरधुरी कति छ ?
१६२ घर परिवारमा ३ जना तत्काल थपिएर १६५ पुगेको छ ।
यस वनको नाम सिरिजंगा स्मृति धार्मिक वन छ, सिरिजंगा भनेको के हो स्पष्ट पारिदिनुहोस् न ?
किरातीहरुको किरात भाषाको आविष्कार गर्ने सिरिजंगा हुन् । पहिला पृथ्वी नारायाण शाहको पालामा सबै भाषा लिपीहरु जलाएका थिए रे । अनि त्यस पछि सिरिजंगाले आफ्नो भाषा लिपिहरु लुकिलुकि प्रचार प्रसार गर्दा राज्यले त्यहाँबाट खेदाए पछि सिक्किम गएर लिम्बू भाषा प्रचार प्रसार गर्दै गर्दा त्यहाँका शासकहरुले अथवा लामाहरुले सिरिजंगालाई मार्तम् भन्ने ठा“उमा बाँधेर तीर हानी मारिएको थियो । उहाँले हाम्रो भाषा प्रचार प्रसार गरेकाले उहाँलाई सम्झिरहनु पर्ने हुन्छ । त्यसैले वहाँको नाममा हामीले एउटा मूर्ति बनाएका छौं र हामीले धार्मिक वनको नाम पनि सिरिजंगा राख्यौं ।
यस वनलाई पर्यटकीय स्थल बनाउने भन्नुभएको छ, वन भित्र के के संरचना रहेका छन् ?
हाम्रो वन डाँडाकाँडा छ । अब बाहिरी पर्यटकहरु नआउलान् त्यो त भन्न सकिन्न । हामीले धेरै नसके पनि २÷३ वटा जिल्लाका पर्यटकहरु आएर हेर्ने अथवा घुम्ने खालको चाहीं बनाउने छौं । उनीहरुले सिमसार हेर्ने छन् । हामीले बनाउँदौ गरेको पोखरीको उत्तरपट्टि राज मार्गले छोएको दुई ओटा पोखारीहरु रहेका छन् । त्यस बिचमा हामीसंग करिव २ बिघा जति जमिन हुन्छ । हामीले चाहीं घुम्नको लागि राम्रो पोखरी बनाउँदै छौं । संरचनाको हकमा एउटा पार्क, सिरिजंगाको सालिक र कुलको पूजा गर्ने शिवजिको मन्दिर बनाएका छौं ।
पर्यटकहरुलाई के के सुबिधा दिने उद्देश्य राख्नुभएको छ ?
वनमा आउने पर्यटकहरुलाई पिउने पानी, शौचालय र बिजुलीको सुबिधा रहेको छ ।