पथरी — कानेपोखरी गाउँपालिका ३ का देबेन्द्र लुईँटेलले अपांगता भएका २४ जनालाई ३ लाख बराबरको सहायक सामग्री वितरण गरेका छन् । उनले गाउँपालिकाका विभिन्न वडाका १४ जनालाई हिृवल चेयर, ८ जनालाई बैसाखी र दृष्टिविहीन दुई जनालाई आई स्टिक निःशुल्क रुपमा वितरण गरेका हुन् ।
गाउँमा विपन्न परिवारका शारीरिक अपांगता भएका व्यक्तिहरुको तथ्यांक संकलन गरी चिकित्सकको परामर्शमा ती सामग्री वितरण गरेको लुईँटेलले बताए । लुईँटेलले यसअघि सोही गाउँपालिकामा निःशुल्क रुपमा टोपी वितरण गरेका थिए ।