टी–ट्वान्टी वरियतामा नेपाल १३ औं स्थानमा झर्यो - Pahilo Online

टी–ट्वान्टी वरियतामा नेपाल १३ औं स्थानमा झर्यो

writer

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी(ट्वान्टीको वरियतामा नेपाल दुई स्थान तल झरेको छ । आईसीसील अपडेट गरेको टी(ट्वान्टीको नयाँ वरियतामा नेपाल दुई स्थान झर्दै १३ औं स्थानमा पुगेको छ । अघिल्लो वरियतामा नेपाल ११ औं स्थानमा रहेको थियो ।

नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १९० रेटीङ अंक पाएको छ । हालै सिंगापुरमा त्रिकोणात्मक र ओमानमा भएको पाँच देशीय टी(ट्वान्टी सिरिज खेलेपनि नेपालको वरियता घटेको छ । सिंगापुरमा नेपाल दोस्रो र ओमानमा तेस्रो भएको थियो ।

यसअघि नेपाल भन्दा तल रहेको स्कटल्याण्ड र युएईले वरियतामा फड्को मार्दा नेपाल झरेको हो । नयाँ वरियतामा स्कटल्याण्ड ११ औं र युएई १२ औं स्थानमा उक्लिएको छ ।

एसोसियट राष्ट्र मध्यको टीट्वान्टी वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् । एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमा रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes