डरलाग्दो अवस्थाको चित्रण गरिएका विवरण पेश भएको भन्दै जलवायू सम्मेलनको सर्वत्र आलोचना - Pahilo Online

डरलाग्दो अवस्थाको चित्रण गरिएका विवरण पेश भएको भन्दै जलवायू सम्मेलनको सर्वत्र आलोचना

writer

काठमाडौं । स्पेनको राजधानी मड्रिडमा सम्पन्न जलवायू सम्मेलन एक पछि अर्को डरलाग्दो अवस्थाको चित्रण गरिएका विवरण पेश भएको भन्दै फितलो भएको सर्वत्र आलोचना भएको छ । सम्मेलनका कारण आलोचना बढेको हो । धेरै कार्बन उत्सर्जन गर्ने देशहरुले निर्णायक कारवाही गर्नबाट रोकेको वातावरणविद्हरुले आरोप लगाएका छन् । हालसम्म भएका संयुक्त राष्ट्रसंघीय जलवायू सम्मेलनमध्ये सबैभन्दा लामो मड्रिड सम्मेलन एउटा सम्झौतामा पुगेर टुंगिएको छ ।

सम्मेलनमा सहभागी प्रतिनिधिहरुले कार्बन उत्सर्ज कटौतीबारे विश्वव्यापी प्रतिक्रिया बढाउने प्रतिवद्धतासमेत जनाएको बीबीसीले जनाएको छ । प्रतिवद्धताअनुसार सबै देशले अर्को वर्ष हुने जलवायू सम्मेलनमा नयाँ बाचा गर्नुपर्ने छ । सम्मेलनमा सहभागी कैयौं प्रतिनिधि र पर्यवरणवादी अभियानकर्मीहरुले सम्झौता विफल भएको प्रतिक्रिया दिएका छन् ।

युरोपेली युनियन तथा साना टापु राष्ट्रहरुले उत्सर्जन कटौतीका थप महत्वकांक्षी लक्ष्यको समर्थन गरेका थिए भने अमेरिका ब्राजिल, भारत र चीनसहितका देशले विरोध गरेका थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मड्रिड सम्मेलनबाट प्राप्त परिणाम निराशाजनक भएको प्रतिक्रिया दिएका छन् । एजेन्सी

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes