चीनमा कोरोना भाइरसबाट नयाँ संक्रमणीत घट्दो दरमा - Pahilo Online

चीनमा कोरोना भाइरसबाट नयाँ संक्रमणीत घट्दो दरमा

writer

काठमाडौं । चीनले कोरोना भाइरसको नयाँ संक्रमण लगातार तेस्रो दिन पनि घटेको जनाएको छ । हिजो र अस्ति पनि नयाँ संक्रमणको दर घट्टो अबस्थामा थियो ।

चीनका विदेशमन्त्री वाङ यीले संक्रमणको घट्दो दरले समग्रमा संक्रमण नियन्त्रण गर्न सकिने अवस्थामा रहेको बताए । संक्रमण रोकथाम र पूर्ण नियन्त्रणका लागि चीनले चालेको कदम सायदै अरु मुलुकले गर्न सक्ने उनको भनाई छ । यता आज मात्र कोभिड–नाइन्टिन नाम दिइएको भाइरसका २ हजार संक्रमित र थप १ सय ४२ जनाका मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

चीनमा हालसम्म ६८ हजार भन्दा बढी मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या बढेर १६ सय ६५ पुगेको छ । चीन बाहिर करिब ३० देशमा ५ सय जना भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । फ्रान्स, हङकङ, फिलिपिन्स र जापानमा एकरएक जनाको मृत्यु भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes