युक्रेनमा वुहानबाट उद्धार गरेका व्यक्तिहरु बोकेको बसमा आक्रमण - Pahilo Online

युक्रेनमा वुहानबाट उद्धार गरेका व्यक्तिहरु बोकेको बसमा आक्रमण

writer

काडमाडौं । कोरोनाभाइरसबाट प्रभावित चीनको वुहानबाट उद्धार गरी युक्रेन ल्याइएका व्यक्तिहरु सवार बसमा प्रदर्शनकारीहरुले आक्रमण गरेका छन् । क्वारेन्टाइनमा राख्न ल्याइएका ४५ युक्रेनी नागरिकसहित अन्य २७ देशका नागरिकहरुलाई युक्रेन ल्याइएपछि कोरोनाभाइरस फैलन सक्ने भन्दै उनीहरु सवार बसमा प्रदर्शनकारीहरुले आक्रमण गरेका हुन् ।

प्रदर्शनकारीहरुले उद्धार गरेर ल्याइएका व्यक्ति चढेको बसलाई रोकेर आक्रमण गरेका थिए । उद्धार गरिएकाहरुलाई युक्रेनको नोभी सन्जारी हस्पिटलको क्वारेन्टाइनमा राख्न ६ वटा बसमा लगिदै थियो । प्रदर्शनकारीहरूले ढुंगा र आगोको लप्काले आक्रमण गरेका थिए । उद्धार गरिएका कसैलाई पनि कोरोना संक्रमण नरहेको युक्रेनका स्वास्थ्यमन्त्रीले जनाएका छन् ।

यद्यपि, सहरका बासिन्दाहरू भाइरस फैलने भन्दै प्रदर्शनमा उत्रिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जनताहरूलाई एकताबद्ध हुन अपिल गर्नुभएको छ । उनले हामी सबै मानव हौं भन्ने स्मरण गर्न पनि आग्रह गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes