इलाम । आयोजक माईभ्याली क्लब इलाम छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इलामको टुँडिखेलमा बिहिबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै आयोजक माईभ्याली फाइनलमा पुगेको हो ।
खेलको निर्धा्रित र थप गरिएको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकर पनि ३–३ को बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।
अब फाइनलमा आयोजकले मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मानेभञ्ज्याङ एफसी दार्जि्लिङलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र उपाधि नजिक पुगिसकेको छ ।
१० टिम सहभागी प्रतियोगिताको विजेताले नगद ८ लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख २५ हजार प्राप्त गर्ने छन् ।