ताप्लेजुङ/ ताप्लेजुङको फुङ्लिङ ३ सिटेनी बस्ने १७ बर्षीय रोशन न्यौपानेको नदीमा डुबेर मृत्यु भएको छ । हिजो दिउँसो ३ बजे घरबाट बाख्रा चराउन गएको अवस्थामा नजिकै रहेको तमोर नदीको किनारमा पौडी खेल्ने क्रममा न्यौपानेको डुबेर मृत्यु भएको स्थानीयले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा जानकारी गराएका हुन ।
उनको शव २०० मिटर तल नदीको किनारमा फेला परेको थियो । घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।