विश्वका थुप्रै देशहरु सलह किराको कारण लाखौं हेक्टरको बाली नस्ट - Pahilo Online

विश्वका थुप्रै देशहरु सलह किराको कारण लाखौं हेक्टरको बाली नस्ट

writer

काठमाडौं । विश्वका विभिन्न मुलुकहरु अहिले सलह किराको मारमा परेका छन् । हजारौं हेक्टरमा लगाइएका बालीनाली सलहले सखाप पारेको छ । साधारण फट्याङ्ग्रा प्रजातिको बाली नस्ट गर्ने यो किराले पार्ने असर भने सामान्य छैन । चीनमा कोरोना महामारी सुरु हुनुअघि सलह किरा देखापरेको थियो । विभिन्न अफ्रिकी मुलुकहरुमा लगाइएको धानबाली नस्ट गर्दै सलह चीन प्रवेश गरेको थियो । चीनपछि यसको समूह रसिया प्रवेश गर्दा त्यहाँको धानबालीमात्रै नस्ट गरेन, घर–घरमा प्रवेश गर्दा सर्वसाधारणको दैनिकीसमेत प्रभावित बनेको थियो ।

अमेरिकी फौजी किराभन्दा कयौं गुणा क्षति गर्नसक्ने सलह किराको समूह विश्वका कयौं राष्ट्रहरुमा प्रवेश गर्नेक्रममा रहेको छ । जुन चुनौतीको विषय बनेको छ । अहिले यो किराको समूह पाकिस्तान हुँदै भारत प्रवेश गरेको छ । भारतमा मात्रै यसले पाँच लाख हेक्टर जमिनमा लगाइएको बालीनाली नस्ट गरिसकेको छ । यो समूहको किरा पहिलोपटक ६० वर्षअघि देखापरेको थियो । सलह किरा ठूलो संख्यामा हुने र यसले सम्पूर्ण हरिया वनस्पतिहरू छोटो समयमा नै नस्ट गर्ने क्षमता राख्दछ । यो किरा एक दिनमा लगभग १३० किलोमिटरसम्म हुल बाँधेर उड्ने गर्छ । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनको तथ्यांकअनुसार यो किराले प्रतिदिन दुई ग्रामसम्म खानसक्छ ।

एक किलोमिटरको हुलमा हुने सलहको करिब चारदेखि आठ करोड संख्याले ३५ हजारजनालाई एक दिनमा पुग्ने खाना नस्ट गर्नसक्छ । तर, मानिसलाई भने नोक्सानी गर्दैन । राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले सलह ‘प्लेग’को संज्ञा दिएको यसलाई नियन्त्रणमा लिन विश्वका थुप्रै राष्ट्रले विभिन्न उपाय अपनाएपनि सफल हुन सकेका छैनन् । विज्ञहरुले नेपालमा पनि सलहको प्रकोपको जोखिम रहेको भन्दै सचेत रहँदै आवश्यक पूर्वतयारी गर्न सुझाव दिएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes