संखुवासभा पहिरोमा बेपत्ता नभेटिएपछि उद्धार टोली फर्कियो - Pahilo Online

संखुवासभा पहिरोमा बेपत्ता नभेटिएपछि उद्धार टोली फर्कियो

writer

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाको पहिरोमा हराइरहेकाहरु फेला नपरेपछि उद्धारमा संलग्न सुरक्षाकर्मी फर्किएका छन् । बेपत्ता भएको ८ दिन बित्दासमेत उनीहरु फेला नपरेपछि उद्धारका लागि सदरमुकाम खाँदबारीबाट गएको ६० जनाको टोली फर्किएको हो ।

उद्धार टोली सोमबार सदरमुकाम खाँदबारी आइपुगेको छ । गएको असार २८ गते सिलिचोङ गाउँपालिका–१ को बेसिन्दा गाउँमा गएको पहिरोमा परेर ११ जना हराइरहेका छन् । टोलीले पहिरो गएको स्थान र छेउछाउका खोलामा एक सातासम्म खोजी गरेका थिए । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार बेपत्ताका खोजीका लागि नेपाल प्रहरीका १५, सशस्त्र प्रहरीका १५ र बराह दल गुल्मका ३० जना सुरक्षाकर्मीको टोली खटिएका थिए ।

पहिरोमा हराइरहेकाहरुको खोजी पूर्ण रुपमा भने बन्द नभएको पनि उनले बताए । अहिले स्थानीय, ताम्कु र बुधबारे प्रहरी चौकीका गरी १३ जना प्रहरीको टोलीले खोजी र निगरानी भने गरिरहेका छन् । जिल्लाबाट गएको टोली र स्थानीयको ठूलो समूहले पहिरो गएको ठाउँमा बेपत्ताहरुको खोजी गरेका थिए । एक सातासम्म खोजी गर्दासमेत कोही फेला नपरेपछि बुद्धिजीवी, राजनीतिक दल, जनप्रतिनिधि र प्रशासनको संयुक्त निर्णयपछि जिल्लाका सुरक्षाकर्मीको टोली फर्काइएको हो ।

‘गाउँले र प्रहरी टोलीले निगरानी गरिरहने र थप जनशक्तिको आवश्यक पर्ने बित्तिकै जिल्लाबाट पठाइने छ’, उनले भने, ‘पहिरो विस्थापितलाई सिलिचोङ गाउँपालिका–२ सिसुवाटारको बुधबारे बजारमा ४५ परिवारलाई अस्थायी बास निर्माण गरी राखिएको छ । त्यस्तै, चित्रेमा ५७ परिवारलाई अस्थायी बास निर्माण गरी राखिएको छ । अस्थायी बसोबासमा सुरक्षाकर्मीको टोलीले सुरक्षा दिइरहेका छन् । बेसिन्दा गाउँको पहिरोले जमिन चिरा–चिरा भएर फाटेको छ । यो क्षेत्र भौगोलिक रुपमासमेत चिन्ताजनक रुपमा रहेको हुँदा गाउँभरिका एक सय १६ जना परिवारलाई सुरक्षित रुपमा राखिएको छ ।

दुईदिनबाट फेरि वर्षा सुरु भएकाले यो क्षेत्रका मानिसहरु झन् चिन्तित बनेका छन् । उनीहरुका लागि निजी क्षेत्रका विभिन्न निकायबाट समेत राहत संकलन गरिएको छ । पहिरोमा चार जनाको जीवितै उद्धार गरिएको थियो, पहिरोले नौ घर बगाएको छ । दशकअघि ताम्कुको सिकदिममा पहिरो जाँदा ११ जना बेपत्ता भएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes