सुप्रिमो क.प्रचण्ड दक्षिण एसिया कै खोजी हुने नेता मात्रै होईनन् विश्व राजनीतिमा शक्तिशाली कम्युनिस्ट नेता हुन् । हिन्दु संरचना भित्र विकास भएको राजतन्त्र र राजतन्त्रको अपरिपक्क संरचना विकास भएको सामन्तवादको रक्षागणमा विकास भएको नेपाली उत्पिडित समुदाय र त्यस भित्र विकास भएको परजीवि नेतृत्वलाई उत्पिडितहरुको पनि राज्य हुन्छ भने चेत एक्काइसौं सताब्दिको यश अघिका दुई दशकसम्म पनि विश्वास थिएन ।
राज्य कस्को– महाराजधिराजको
भुगोल कस्को – महाराजधिराजको
सरकार कस्को – महाराजधिराजको
देश कस्को – महाराजधिराजकोयति मात्रै हैन दिनको सुरुवात र अन्त्य पनि महाराज कै महिमा र स्तुतिसँगै हुन्थ्यो । लाग्थ्यो राजा देवहरुका दुत हुन अरु सबै सेवक । दलित, जनजाति, महिला, मधेसी जनताको सामाजिक र राजनीतिक हैसियत कहाँ थियो । इतिहास पढ्नै पर्दैन विगत सम्झे काफि हुन्छ । बागमतीमा धेरै पानी बगेको छैन । उपल्लो वर्ग र उच्च जातिले मात्रै मुख्यतः दलित समुदायको बिभेदपुर्ण सामाजिक हैसियत निर्धारण गरेको थियो । यश समुदायको सामाजिक र राजनीतिक हैसियत के थियो रु कानुनी र राजनीतिक समाजमा विद्यमान उत्पिडनमा कमि हुन्छ भन्ने विश्वास स्वयं उत्पिडित नेतृत्वलाई पनि विश्वास थिएन ।
उत्पिडित समुदायको आन्दोलनको दिशा नै स्पष्ट थिएन । दलित आन्दोलनको हिसाबले भन्ने हो भने सिँहदरबार हिड्नु पर्ने आन्दोलन पशुपति तिर हिडेको इतिहास सांचो छ । मन्दिर प्रवेश दलित आन्दोलनको गौरवको बिषय बन्यो । पुजा, आत्मसम्मानको बिषय त्यहि पशुपति तिर हिडेको आन्दोलनलाई सिंहदरबार तिर डार्याउने काम कस्ले गर्यो रु मधेसका माटोमा ओइलिएको आन्दोलनलाई सिंहदरबार तिर डोर्याउने काम कस्ले गर्यो रु महिलाको हातमा बिद्रोहको बन्दुक दिने शाहस कस्ले गर्यो रु प्रचण्डलाई जँगलबाट सहर ल्यायो भनेर गुण लगाउन खोज्ने परजीवीलाई नेपाली समाजशास्त्रको अध्यायन गर्न म अनुरोध गर्दछु । यति मात्रै होईन दलित, महिला, जनजाति र मधेसी आन्दोलनमा प्रचण्डको उछेटो काट्ने जमात पनि थुप्रै छ । भन्छन् प्रचण्डले केही गरेनन् ,यस्तो गरेनन् आदि ।
राजनीतिक स्वार्थमा प्रयोग गर्न जुन चरित्र नेपाली राजनीतिमा प्रयोग भएको छ, यसले नेपाली राजनीतिलाई कमजोर त पार्छ नै प्राप्त उपलब्धिलाई पनि गुमाउने खतरा हुन्छ । ज्ञात होस् प्रचण्ड उत्पिडित वर्गको वैचारिक हतियार हो । विश्व राजनीतिक इतिहासमा एक्काइशौं शताब्दिको आदर्श नेतृत्व हो प्रचण्ड । नेपाली समाजले चाहे जस्तो परिवर्तन भए पनि सामाजिक जीवनमा परिवर्तन आउन सकेन तर यो सबै प्रचण्डको कारणले मात्रै हो भन्न सकिदैन । प्रचण्डको कारणले के–के भए आंखा चिम्लेर छातिमा हात राखेर सोचौं यति ठूलो राजनीतिक, सामाजिक परिवर्तन अहिले विश्व माझ नेपाल जस्तो देशमा कसरी सम्भव भयो रु सोचौं । व्यवस्था फेरियो अब नागरिकको चरित्र बदलिनु जरुरी छ । जनउत्तरदायि प्रतिनिधिको संख्या र कार्यान्वयनको सवालमा प्रश्न गर्न सकिन्छ ।
अहिलेको जनप्रतिनिधिको चरित्र बाट निर्माण गर्न सकिदैन तर पनि राज्यको सँरचनाहरु ईन्द्रेणि समावेशीको रुपमा विकास भएको छन् । साँसद सबै जनजाति र भाषा भाषिको रुपमा विकास भएको र यस्को सिर्जनात्मक निर्माण कसरी गर्दैजाने रु उच्चतम जनमत कसरी बनाउदै जाने रु यस्को समिक्षा गर्न जरुरी छ । हिजोका राजामहाराजा र सामन्तीहरुको स्वर्ग चानचुने रुपमा ढलेको, भत्किएको होइन यहि तुषले सामन्तका अवषेसहरुले प्रचण्ड माथि बारम्बार प्रहार गरिरहेका छन् । सामन्तवादीको नजरमा दलितहरू प्रदेश प्रमुख बनेको, न्यायाधीश र स्थानीय सरकार प्रमुख बनेको पचेको छैन । मधेसी रास्ट्रपति, मुख्यमन्त्री बनेको पचेको छैन । थारुहरु जागरुक भई आफ्नो मागेको पचेको छैन । जनजातिले आफ्नो पहिचान मागेको त कहाँबाट नै पच्थ्यो र यी सामन्तवादहरुलार्इ । यहीँ कारणले प्रचण्डलाई लगातार प्रहार भैरहेको छ।
प्रचण्ड कै नेतृत्वमा यति ठूलो राजनीतिक परिवर्तन भयो । देश बन्नलाइ सहि नेतृत्व र सकरात्मक सहभागीता चाहिन्छ । नेतृत्व शाहस तब बढ्छ जब नागरिकले कठिन भन्दा कठिन समयमा नेतृत्वको रक्षा गर्दछ । प्रचण्ड राष्ट्रको सर्वभौमिकता, जनताको आकाङ्क्षा र सहिदको सपना प्रति सँवेदनशिल छन् । प्रचण्डको अनुहारमा देश, जनता र सहिदको लागि उत्कृष्ट चाहाना झल्किन्छ । एकचोटि फेरि अनिवार्य युगपुरुषलाई सबैले विश्वास गर्ने समय छ । एक्काइशौं शताब्दिको यो समयमा विश्व उत्पिडितहरुको गौरवपुर्ण नेतृत्व निर्माण गरौँ । नेपाली भुमिबाट एक्काइशौं शताब्दिको आदर्श नेतृत्वको विकास गरौँ । विश्वास गरौँ, हामी बदलिए देश अवस्य बदलिन्छ । देश बदलिन असल नेतृत्व र सकरात्मक सहभागिता चाहिन्छ । युवा नेता राजवंशी नेकपा कानेपोखरीका सचिव हुन् ।
शशस्त्र द्वन्द्व शान्ती प्रक्रिया हुँदै संघीय गणतन्त्र नेपाल सम्मको यात्रामा प्रचण्डको निर्णयक भुमिकालाई नजरअन्दाज गरियो भने नेपाली राजनीतिको कथा अपुरो रहन्छ।तर राजतन्त्रको एकहोरो बिरोध र तत्कालीन बृहत शान्ती प्रक्रिया का परियोजनाकार तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको भुमिकालाई बिर्सनु पनि राजनीति बेइमानी हुनेछ। संघिय गणतन्त्र धर्म निरपेक्षता लगायतको उपलब्धिको रक्षा गर्न प्रचण्डले खेल्ने भुमिकाले उहाँको बाँकी राजनीति भबिस्य निर्धारण गर्नेछ।