कानेपोखरी गाउँपालिकामा लकडाउन तत्कालको लागि हटाइयो - Pahilo Online

कानेपोखरी गाउँपालिकामा लकडाउन तत्कालको लागि हटाइयो

writer

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा निरन्तर जारी राखिएको लकडाउन(बन्दाबन्दी)तत्कालको लागि हटाइएको छ । सोमबार गाउँपालिकामा बसेको गाउँकार्यपालिका र सर्वदलिय बैठकले ७ वटै वडामा भाइरसको रोकथाम र नियन्त्रण गर्न गरिएको लकडाउन मानिसहरुको गतिविधिमा असहजता उत्पन्न गरेकाले स्वास्थ्य सतर्कता चाँही सधैं अपनाउन आव्हान गर्दै तत्काललाई लकडाउन हटाउने निर्णय गरेको हो । समुदायस्तरमा देखिएको कोरोना भाइरस केही हदसम्म नियन्त्रण भएपनी स्वास्थ्य सतर्कता पुर्णरुपमा अपनाउँदै आफुपनी सुरक्षित रहन र अरुलाई पनि सुरक्षित बनाउने अनुरुप दिनचर्या बिताउनुपर्नेमा वडा नः ६ का वडाअध्यक्ष खडक बस्नेतले जानकारी दिए ।

कोरोना भाइरसको जोखिम पुर्णतया अन्त्य नभएकाले पेशा, व्यवसाय सञ्चालन गर्दा अन्य गतिविधिमा सहभागी हुँदा सामाजिक दुरि कायम गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न र गराउनु हुन समेत गाउँपालिकाले गाउँबासीमा अनुरोध गरेको छ। यो लकडाउन खोलिएको अवस्थामा संक्रमण चाडैं फैलिने क्षेत्र अर्ध र साप्ताहिक हाटबजार पुर्णरुपमा बन्द गर्नुपर्ने, धार्मिक तथा सांस्कृतिक कार्यहरु मेला,चाडपर्व,जात्रा लगायत सामुहिक भेला हुने स्थानहरु पुर्णरुपमा प्रतिबन्धित र सार्वजनिक यातायात र शैक्षिक संस्थाहरु बन्द गर्नुपर्ने निर्णय गाउँपलिकाले गरेको छ।  अनिर्वाय रुपमा भौतिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने तथा साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोग गरी सम्पूर्ण प्रकारका कार्यालय, व्यापार, व्यवसाय खुला गर्ने निर्णय भएको गाउँ प्रमुख ताराबहादुर काफ्लेले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes