पासवर्ड म्यानेजर कम्पनी नर्दपासले सबैभन्दा कमजोर पासवर्डको नयाँ सूची सार्वजनिक गरेको छ । सन् २०२० का सबैभन्दा खराब पासवर्डको सूचीसँगै पासवर्डहरु कसरी धेरैपटक ह्याक भएका छन्, प्रयोग गरिएका छन् र पासवर्ड ह्याक गर्न कति समय लाग्ने गरेको छ भन्ने समेतको विवरण दिइएको छ ।
रिपोर्टअनुसार सम्झिनका लागि सजिलो पर्ने भएकोले धेरै प्रयोगकर्ताले सजिलो पासवर्ड प्रयोग गर्ने गरेका हुन्छन् । तर यस्ता सजिलो पासवर्डहरु निकै जोखिमपूर्ण हुन्छन् र निकै छिटो ह्याक हुने गरेको देखिएको छ । यी हुन् सबैभन्दा कमजोर तथा सेकेण्डभरमै ह्याक भएका पासवर्डहरु :-
12345 – प्रयोगकर्ताको संख्या २५, ४३, २८५, पासवर्ड ह्याक भएको २ करोड ३५ लाख पटक ।
123456789 – प्रयोगकर्ताको संख्या ७८, ७०, ६९४, पासवर्ड ह्याक भएको ९, ६१, ४३५ पटक ।
password – प्रयोगकर्ताको संख्या ३, ६०, ४६७, पासवर्ड ह्याक भएको ३७, ५९, ३१५ पटक ।
12345678– प्रयोगकर्ताको संख्या ३, २२, १८७, पासवर्ड ह्याक भएको २९, ४४, ६१५ पटक ।
111111– प्रयोगकर्ताको संख्या २, ३०, ५०७, पासवर्ड ह्याक भएको ३१, २४, ३६८ पटक ।
123123– प्रयोगकर्ताको संख्या १, ८९, ३२७, पासवर्ड ह्याक भएको २२, ३८, ६९४ पटक ।
1234567890– प्रयोगकर्ताको संख्या १, ७१, ७२४, पासवर्ड ह्याक भएको २२, ६४, ८८४ पटक।
1234567– प्रयोगकर्ताको संख्या १, ६५, ९०९, पासवर्ड ह्याक भएको २५, १६, ६०६ पटक ।
qwerty– प्रयोगकर्ताको संख्या १, ५६, ७६५, पासवर्ड ह्याक भएको ३९, ४६, ७३७ पटक ।
abc123– प्रयोगकर्ताको संख्या १, ५१, ८०४, पासवर्ड ह्याक भएको २८, ७७, ६८९ पटक ।
000000– प्रयोगकर्ताको संख्या१, २२, ९८२, पासवर्ड ह्याक भएको १९, ५९, ७८० पटक ।
1234– प्रयोगकर्ताको संख्या १, १२, २९७, पासवर्ड ह्याक भएको १२, ९६, १८६ पटक ।
iloveyou– प्रयोगकर्ताको संख्या १, ०६, ३२७, पासवर्ड ह्याक भएको १६, ४५, ३३७ पटक ।
password1– प्रयोगकर्ताको संख्या ८७, ५५६, पासवर्ड ह्याक भएको २४, १८, ९८४पटक ।
123– प्रयोगकर्ताको संख्या ८४, ४३८, पासवर्ड ह्याक भएको १०, ४२, ९५२ पटक ।
123321– प्रयोगकर्ताको संख्या ७३, ५०६, पासवर्ड ह्याक भएको ९, २८, ०६० पटक ।
654321– प्रयोगकर्ताको संख्या ६९, १४८, पासवर्ड ह्याक भएको ९, ५३, ५४९ पटक ।
qwertyuiop– प्रयोगकर्ताको संख्या६४, ६३२, पासवर्ड ह्याक भएको ११, ०८, ४६३ पटक ।
123456a– प्रयोगकर्ताको संख्या ५७, ४७२, पासवर्ड ह्याक भएको ९, ८०, १९० पटक ।
a123456– प्रयोगकर्ताको संख्या ५५, ५४८, पासवर्ड ह्याक भएको ६, ८४, ४७६ पटक ।
666666– प्रयोगकर्ताको संख्या ५३, १४६, पासवर्ड ह्याक भएको ८, ८९, ४८२ पटक ।