पाँचथरको मिक्लाजुङ गाउँपालिकाको आवाशिय भवनको ७५ प्रतिशत सम्पन्न - Pahilo Online

पाँचथरको मिक्लाजुङ गाउँपालिकाको आवाशिय भवनको ७५ प्रतिशत सम्पन्न

writer

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका केन्द्र रबि बजारमा प्रदेश सरकारको सहयोगमा निर्माणधिन आवशिय भवनको काम २५ प्रतिशत सम्पन्न भएको छ ।
प्रदेश सरकारको ३ करोड ८५ लाख, १ हजार ७ सय ४२ रुपैयाँमा भवन निर्माणको काम हुदै आएको छ ।

सहरी बिकाश भवन कार्यालय इलामले ३ वर्षमा पूरा गर्ने गरी याक्थुङहाङ आले जेभीलाई २०७६ सालमा ठेक्का दिएको थियो । ठेक्का पाएको निर्माण कम्पनीले २०७८ साल भित्रमा योजनाको काम पूरा गर्नु पर्ने हुन्छ । हालसम्म योजनाको काम ७५ प्रतिशत पूरा गरेको र २५ प्रतिशत काम गर्न बाँकी रहेको सहरी बिकाश तथा भवन कार्यालय इलामका प्रमुख रुद्रनारायण मिश्रले बताए । निर्माण कम्पनीले हालसम्म कार्यालयबाट १ करोड ८५ लाख रुपैयाँ भुक्तानी पाएको छ । रकम अभावले यो चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ मात्रै प्राप्त गर्ने मिश्रको भनाइ छ ।

भवन निर्माणको लागी स्थानीय जग्गादाताहरुले २४ लाख मुल्य बराबरको ८ रोपनी जग्गा निशुल्क दान गरेका छन । स्थानीय हेमबहादुर तामाङ र लिलामाया तामाङले ६ रोपनी र मनमाया तामाङले २ रोपनी गरी २४ लाख मुल्य बराबरको ८ रोपनी जग्गा निशुल्क दान गरेका हुन । आठ रोपनी क्षेत्रफलमा भवन निर्माणको काम हुदै आएको छ । यता गाउँपालिकाको कार्यालयबाट पनि आवश्यक समन्वय भइरहेको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए । भवन निर्माणको लागि स्थानीय जग्गादाता देखि योजनाको काममा आवश्यक समन्वय गर्ने काम भइरहेको छ माखिमले भने, योजनाको काम पूरा गर्न केही समय लाग्ने भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes