पथरी शनिश्चरे नगर क्षेत्रमा हालसम्म २ सय ३ जना कोरोना संक्रमित भएकोमा ७६ जना निको - Pahilo Online

पथरी शनिश्चरे नगर क्षेत्रमा हालसम्म २ सय ३ जना कोरोना संक्रमित भएकोमा ७६ जना निको

writer

पथरीशनिश्चरे । नगरमा हालसम्मको रिपोर्ट अनुसार १ सय महिला र १ सय ३ पुरुष गरी कुल २ सय ३ जना कोरोना संक्रमित भएकोमा ७६ जना निको भएका छन् भनें सक्रिय संक्रमितको संख्या १ सय १७ रहेको छ । जसमा, १ सय ७८ जना होम आइसोलेसनमा र २२ जना अस्पतालको आइसोलेसनमा रहेको नगरको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिए । संक्रमितमध्ये १० जनाको मृत्यु भएको छ । हालसम्म ४ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको छ । नगर अस्पतालको आइसोलेनमा हालसम्म ११ जना आएमध्ये ४ जना डिस्चार्ज, २ जना रेफर र ५ जना उपचाररत छन् । नगरमा कोरोना संक्रमण दर ७५ प्रतिशतसम्म रहेको नगरको सो दर हाल ५० प्रतिशतमा झरेको छ ।

होम आइसोलेसनमा वस्न असुविधा भएको तथा अक्सिजन सहित थप उपचारको आवश्यकता भएका व्यक्तिहरुलाई नगरको आइसोलेसनमा राख्ने गरिएको छ । भेन्टिलेटरको आवश्यकता पर्ने भएमा अन्य अस्पतालमा रेफर गरिने गरेको छ । साथै कोरोना संक्रमितसँगको सम्पर्क भएकालाई कन्ट्रयाक ट्रेसिङका आधारमा तथा ज्वरो आइ कोरोनाको लक्षण देखिएको अवस्थाका मानिसहरुलाई नगरले नगर अस्पतालमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने गरेको छ । नगरले यस प्रकारको पीसीआर परीक्षण निःशुल्क गराउने गरेको छ । पीसीआर आवश्यकता अनुसार हप्ताको कुनै दिन हुने गरेको छ । पीसीआरका लागि स्वाब दिन आउन समस्या परेमा नगरले एम्बुलेन्सको व्यवस्था समेत गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes