लुथरन सामुदायिक कल्याण समाजबाट आइसोलेसनका लागि स्वास्थ्य सामग्री - Pahilo Online

लुथरन सामुदायिक कल्याण समाजबाट आइसोलेसनका लागि स्वास्थ्य सामग्री

writer

पथरी शनिश्चरे । लुथरन सामुदायिक कल्याण समाज रंगेली मोरङले आज जिल्लाको पथरी शनिश्चरे नगरमा कोरोना संक्रमित उपचारका लागि सञ्चालनमा रहेको आइसोलेसनका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । संस्थाका अगुवाहरुले नगर उपप्रमुख यमुना विष्ट वास्तोला, सामाजिक विकास समिति सदस्य भद्रमान विश्वकर्मा, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितलाई सामग्री हस्तान्तरण गरेका छन् ।


जसमा, पीपीइ १० सेट, एन्टिजिन किट ३० सेट, भीटीएम किट ५० सेट तथा अक्सिमिटर, भ्यापोराइजर र थर्मल थन २÷२ सेट, सर्जिकल मास्क ५ सय थानका साथै ग्लोब र सेनिटाइजर प्रदान गरिएको हो । यसैबीच, १ नम्बर प्रदेशको प्रदेश आपूर्ति केन्द्रले आइसोलेसनका लागि ४ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । नगरमा अत्याधुनिक ३ र अन्य २२ गरी २५ वटा सिलिण्डर संकलन भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes