डम्बरबहादुर विश्वकर्मा
लेटाङ्ग । उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँते स्थित तेलिखोलामा पुर्व पश्चिम मदनभण्डारी लोकमार्ग अन्तरगतको निर्माणाधीन पुलमा कार्यरत एक जनाको मिक्सचर मेसिनले किचेर मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा पुल निर्माण कम्पनि सुर्य एण्ड सन्स्मा ओभरसियर पदमा कार्रत सिराहा लहान २४ बस्ने वर्ष २४ का शुनिल शाहा रहेका छन् ।
ओभरसियर शाहाको को १ ख ४०७७ नम्बरको एः मिक्सचर मेसिनले पुलमा निर्माण सामाग्री खन्याउन पछाडि सार्ने क्रममा गए राती अन्दाजी ९स्४० मा किच्दा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हाल शाहाको शव घटना स्थलमै रहेको र आफन्त आए पछि मात्र शवलाई पोष्टमार्टमकालागि पठाईने जनाईएको छ ।