पथरीशनिश्चरे । कुष्ठरोग रोकथाम कार्यक्रमको प्रभावकारिता एवं अनुसन्धानात्मक बारेमा जानकारी गराउन समुदाय स्तरमा स्वास्थ्यकर्मी तथा सरोकारवालाहरु बीचमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आज पथरीशनिश्चरे नगरपालिकामा भएको सो कार्यक्रमको सभाध्यक्ष नगर प्रमुख मोहनप्रसाद तुम्वापो रहनुभएको थियो । कार्यक्रमको सहजीकरण एन.एल.आर. नेपालका लभी शाक्यले गर्नुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा सन् २०१५ देखि चल्दै आएको कुष्ठरोग रोकथाम कार्यक्रमको प्रभावकारिता तथा हाल नयाँ विरामी आउने दरको विषयमा अनुसन्धान लगायत विविध पक्षहरुको बारेमा जानकारी दिइएको थियो । यस्तै कार्यक्रमका सभाध्यक्ष नगर प्रमुख तुम्वापाले नगरवासीलाई कुष्ठरोग सम्वन्धी जानकारी दिएर सचेत गराउन सबैमा अनुरोध गर्नुभयो ।
यसैगरी सो कार्यक्रममा नगर स्वास्थ्य संयोजक मुरारी आचार्य, सह–संयोजक जगत मगर, एकराज खत्री र नगरपालिकाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।