पथरी । ‘नेपाली लोक संस्कृतिको संरक्षण, युवा तथा नयाँ पुस्तामा जागरण’ भन्ने मूल नाराको साथ सामूहिक लोक नृत्य नगर च्याम्पियन २०८० सम्पन्न भएको छ । आज पथरी शनिश्चरे वडा नं. २ को आयोजनामा बुद्ध चौकमा सो कार्यक्रम भएको हो ।
नगरभरिका संघ, संस्था तथा विद्यालयहरु गरी जम्मा १० वटा समूहले प्रतियोगितामा सहभागिता जनाएका थिए । जसअन्तर्गत किरात राई यायोक्खा पथरीशनिश्चरे प्रथम, सुजना डान्स सेन्टर वडा नं. १० दोस्रो र रेडस्टार बोर्डिङ स्कुल वडा नं. २ तेस्रो स्थान ओगट्न सफल भए । वडा अध्यक्ष नैना राईको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो रहेका थिए ।
यसैगरी वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, कार्यपालिका सदस्यहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत नृत्य सिड्लिङ मन्टेश्वरीका विद्यार्थीहरुले पस्केका थिए भने वडा सदस्य चन्द्र राईले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा गायक नन्दु गुरुङ लगायतका स्थानीय कलाकारहरुले आ–आफ्नो प्रस्तुति राखेका थिए ।