पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका नगर कार्यपालिकाको कार्यालयले आज दुई वटा योजना तथा कार्यक्रमको अनुगमन गरेको छ ।
पथरी शनिश्चरे वडा नं. २ को सहिद रत्नकुमार वान्तवा मार्ग (कृषि डाँस सडक) र वडा नं. ९ को शनिश्चरे दुर्गा मन्दिर उत्तरबाट जरायोटोल हुँदै सिंहवाहिनी मावि जाने बाटो कालोपत्रेको अनुगमन गरिएको हो ।
योजना÷ कार्यक्रम सञ्चालनमा देखिएका राम्रो कार्यलाई प्रोत्साहन र योजना÷कार्यक्रम सञ्चालनमा देखिएका समस्याहरुलाई तुरुन्त समाधान गर्न निर्देशन समेत दिइएको छ ।
अनुगमनमा नगर उप–प्रमुख एवं अनुगमन समितिको संयोजक दविमाया काफ्ले, नगरका अधिकृत शर दशौं उप–सचिव शालिग्राम काफ्ले, सदस्य सचिव शिव कुमार राई, अनुगमन समितिका सदस्य वीर बहादुर राई र नगरको इन्जिनियर सन्तोष केसीको उपस्थिति रहेको थियो ।