दुर्गा माविमा १ दिने आँखा शिविर कार्यक्रम - Pahilo Online

दुर्गा माविमा १ दिने आँखा शिविर कार्यक्रम

writer

पहिलो अनलाइन

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ७ मा रहेको दुर्गा माविमा १ दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । आज साउन ११ गते शुक्रबार लायन्स क्लव, पथरी, लायन्स क्लव अफ पथरी योङहर्ट, लायन्स क्लव अफ क्रीएटिभ लेडी, लायन्स क्लव अफ पथरीशनिश्चरे र लियो पथरी सहित संयुुक्त रुपमा गरिएको १ दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको हो ।

विराटनगर आँखा अस्पताल विराटनगरको प्राविधक सहयोगमा दुर्गा माविमा अध्यानरत १४७ जना विद्यार्थीहरुको आँखा चेक गरिएको थियो ।

कार्यक्रममा डिष्ट्रीक गभर्नर विकास अधिकारी, डिष्ट्रक एडमिन्टेटर रोशन बुढाथोकी, एरिया कोर्डिनेटर रोहित शाह, रिटर्न चियर पर्सन संजिव बुढाथोकी, जोन चियरपर्सन, भगत चन्द्र थपलिया, पथरी लायन्स क्लवका अध्यक्ष मुरारी आचार्य, योङ हार्ट अध्यक्ष हेमन्त ओझा, लायन्स क्लव अफ पथरी शनिश्चरेका अध्यक्ष अनिता राई, लियो पथरी अध्यक्ष मोनिका न्यौपाने सहित आयोजक संस्थाका पदाधिकारीहरु उपस्थित थिए ।

औपचारिक कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका कार्यालय शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, पथरी शनिश्चरे नगरपालिका वडा न. ७ का वडा अध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उद्धवराज बस्नेत, पूर्व विद्यार्थी तथा हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगर पूर्व बिब्यस अध्यक्ष रिता गिरी सहितको सहभागिता रहेको प्रधानध्यापक यादव घिमिरेले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes