कविता `वन समूह´ - Pahilo Online

कविता `वन समूह´

writer

पहिलो अनलाइन

गणेश दवाडी

समितिको चरीत्र होस सदा पवित्र
समुदाय शिरमा राखोस् यसले मनभित्र
सललल बगेको सङ्ग्लो जल भएर
उन्नतिको शिखर चुमोस् कष्ट सहेर ।।

उपभोक्ता समिति खुबै काममा जुट्नेछ
समूहको बहार जताततै उठ्नेछ
यही खातिर सम्मान निकायले दिनेछ
मान प्रतिष्ठा पाएमा जनताले गीत गाउनेछ।।

ठोसकाम गर्दामा जनता नहुन् पर्दामा
सार्है खुसी छाउँछ रोप्या बिउ सर्दामा
छलफल खुबै होस् जस्तो दही मथिन्छ
धेरै फूल नभए कहाँ माला गुथिन्छ ?

आयमुलक काममा कदम होस् हैअगाडि
दुरगामी लक्ष्य छ नसरोस् यो पछाडि
समन्वय गरेर हरदम लागि परेर
खडा रहोस् समिति जनतामा सरेर।।

वन्यजन्तु औषधि पर्यावरण जोगाई
सन्तुलित राख्नु छ नहोस् जग हँसाई
नहुँदा वन कष्टादी पर्छ के के सुनाई
सचेतता भर्नु छ भेला गरी बुझाई ।।

आलोचना सुनेर समिक्षामा तल्लीन
हुनुपर्छ तत्पर हुन्न पात झै हल्लिन
इतिहास यसको छ अत्यन्तै रोचक
कायम राख्न गौरव हुनु हुन्न भावुक ।।

सानातिना स्वार्थले मुक्त होओस् समिति
उपभोक्ता हित बाहेक नजाओस् है मन अन्त
फुलुन् फलुन् समूह चुलियुन् है अन्नत
असल काम गरेर बाँचुन नहुन् सामन्त ।

रचना -गणेश दवाडी ,लेटाङ -९ मोरङ
सल्लाहकार -वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समिति
लेटाङ -९ जाँते ,मोरङ

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes