मिठो–मिठो खानेकुरा मलाई दिनुहुन्छ
फोहोर हुँदा मलाई नहाइ दिनुहुन्छ ।
सधैं मोरे ख्याल गर्ने उहाँ मेरो आमा
मामा घर जाँदा नयाँ नयाँ नाना ।
स्कुलबाट फर्कंदा माया गर्नुहुन्छ
म खेलेर थाकें भनें काखमा राख्नुहुन्छ ।
संसारको सबैभन्दा राम्री मेरो ममी
भन्नुहुन्छ मलाई मेरो आँखाको नानी ।
राम्रो पढ्नु असल हुनु मलाई सिकाउनु हुन्छ
साथीसँग मिल्नु उहाँ भन्नुहुन्छ ।
राम्रो कुरा सिकाउने संस्कारकी रानी
धन्य हुन्छु म ममताकी खानी ।
न्यु पेगोडा अंग्रेजी माध्यमिक विद्यालय
पथरीशनिश्चरे–१ मोरङ