हरियालीको कार्यले उपभोक्ताहरू खुशी रहेको पाएको छु– नगर प्रमुख तुम्वापो - Pahilo Online

हरियालीको कार्यले उपभोक्ताहरू खुशी रहेको पाएको छु– नगर प्रमुख तुम्वापो

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले हरियाली वनको कार्यले उपभोक्ताहरु खुशी रहेको बताउनुभएको छ ।
आज पथरी शनिश्चरे वडा नं. २, १ मा स्थापित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९ औं वार्षिक साधारणसभामा बोल्दै प्रमुख अतिथि रहनुभएका नगर प्रमुख तुम्वापोले भन्नुभयो–‘ऐन नियमसंगत हरियालीले विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ, यस्तै वनले विपन्नको घर निर्माण गर्ने, उपभोक्ताहरुका लागि तालिमहरु आयोजना गर्ने र विपन्नहरुलाई आर्थिक सहयोग गर्ने लगायतको कार्यले उपभोक्ताहरु निक्कै खुशी रहेको मैले पाएको छु ।’
वार्षिक साधारणसभामा अध्यक्ष काबुलबहादुर मगरले संक्षिप्त प्रस्तुतिसँगै भावी योजनाहरु प्रस्तुत गर्नुभयो । यस्तैगरी सचिव निर्मला चौहानले आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन तथा आ.व. २०८१/८२ को प्रस्तावित भावी कार्ययोजना र कोषाध्यक्ष कमला लिम्बुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जेष्ठ नागरिक सम्मान, कर्मचारी सम्मान तथा पूर्व कार्यसमितिका सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।
सो कार्यक्रममा वैज्ञानिक वन ब्यवस्थापन उपभोक्ता महासंघ कोशी प्रदेश अध्यक्ष दिलराम राई, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहाल, सव डिभिजन वन कार्यालय पथरीका प्रमुख त्रिभुवन साह, पथरी शनिश्चरे वडा नं. ३ का अध्यक्ष बिजय लिम्बु, वडा नं. ७ का अध्यक्ष उद्धवराज बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes