बालबालिकालाई खोप लगाउन वडाको निःशुल्क सिटिसफारी - Pahilo Online

बालबालिकालाई खोप लगाउन वडाको निःशुल्क सिटिसफारी

writer

पहिलो अनलाइन

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले आफ्नो वडाभित्रका खोपकेन्द्रमा मासिकरुपमा खोप लगाउन आउने महिला तथा बालबालिकाको लागि निशुल्क सिटिसफारीको ब्यबस्थापन गरेको छ ।

वडा अध्यक्ष नवीन कार्कीका अनुसार वडाभित्र रहेका दुईवटा खोपकेन्द्रहरु २० गते सञ्चालनहुने शुक्रबारे खोपकेन्द्र र २१ गते सञ्चालनहुने सोमबारे खोपकेन्द्रमा आफ्ना बालबालिकाहरुलाई मासिकरुपमा खोप लगाउन परपरबाट आउदा ब्यहोर्नु परेको कठिनाईलाई मध्यनजर गरि आगामी मङ्सिर महिनादेखी “वडा अध्यक्ष मेरो साथी” कार्यक्रम अन्तर्गत सिटिसफारीको निशुल्क ब्यबस्थापन गरिएको छ ।

सिटिसफारी आवश्यक हुनेहरुले आफ्ना नजिकैका वडा सदस्यहरूलाई सम्पर्क गरेमा घरदेखी खोपकेन्द्रसम्म ल्याएर खोप लगाइ पुनः घरसम्म निशुल्क आवतजावत गराइने छ । साना बालबालिकालाई खोप लगाउन तातो घाममा हिड्दै आउनुपरेपछी त्यसलाई समाधान गर्न वडाले कार्यक्रम सुरु गरेको जनाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes