लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा विपन्न एकल महिलाहरूलाई सम्मान - Pahilo Online

लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा विपन्न एकल महिलाहरूलाई सम्मान

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  पथरी शनिश्चरे नगरपालिकाको स्वीकृत विपन्न नागरिकसँग उपमेयर कार्यक्रम अन्तर्गत विपन्न एकल महिलाहरूलाई सम्मान कार्यक्रम गरिएको छ ।
नगर उप–प्रमुख देविमाया काफ्लेले नगरपालिकाको १० वटै वडामा गएर सो सम्मान कार्यक्रम सम्पन्न गर्नुभएको हो । नगरका सबै वडा कार्यालयहरुमा गरिएको सो कार्यक्रममा वडाध्यक्षहरु वीरबहादुर राई, चेतेन्द्र खड्का, जीवन खतिवडा, नविन कार्की, लोककिरण न्यौपाने, उद्धवराज बस्नेत, बिजय लिम्बु, नैना राई, कृष्ण कुमार बस्नेत र भीम कुमार राईको अध्यक्षता रहेको थियो । आइतबार, सोमबार र मंगलबार तीनसम्म सो सम्मान कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा मन्तव्य राख्नुहुँदै कार्यक्रमको प्रमुख अतिथि उप–प्रमुख देविमाया काफ्लेले यो पटक नगरका जति जना एकल महिलाहरुलाई सम्मान गरियो भावी दिनमा अझै धेरैलाई जनालाई सम्मान गरिने बताउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes