विराटनगरमा अपाङ्गता दिवसमा विभिन्न कार्यक्रम - Pahilo Online

विराटनगरमा अपाङ्गता दिवसमा विभिन्न कार्यक्रम

writer

बाबुराम मुडियारी

मोरङ/ विराटनगर महानगरपालिकामा  ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरीएको छ ।  विराटनगर  महानगरपालिका देखि विराटनगरको संसारीमाई स्थान सम्म निकालिएको प्रभातफेरी कोणसभामा परिणत भएको थियो ।

सो कोणसभालाई विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निरला कार्की ले अपाङ्गता भएका व्यतिहरूको अभिभावक भएको नाताले अपाङ्गता भएका व्यक्तिहरूको हक हितका सवालमा  काम गरिरहेको बताउँदै  सबै मिलेर अपाङ्गता भएका व्यक्ति सवालमा छलफल गर्न आवश्यक रहेकोमा बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै कार्कीले अपाङगता भएका ब्यतिmहरुको माग सम्बोधन गर्नको लागि दिवस नै पर्खनु नपर्ने र प्लेकार्ड र नाहरुमार्फत उठाइएका मागहरु लिएर आजै आउन आग्रह गर्दै आफुले सक्ने सहयोग गर्ने बताउनुभयो ।

प्रभातफेरी कार्यक्रममा सामाजिक विकास मन्त्रालय कोशी प्रदेश निमित्त प्रदेश सचिव खगेन्द्र खत्री, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय कोशी प्रदेशका दुर्गा भण्डारी बराल , सामथ्र्य  समाज नेपालका चेतनाथ पोखरेल लगायत  अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । सो कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश विराटनगर, विराटनगर महानगरपालिका, सामथ्र्य समाज नेपाल  विराटनगरको संयुक्त आयोजनामा गरिएको हो  ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes