शनिश्चरे । मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ को दोस्रो वडा अधिवेशनबाट अध्यक्षमा विष्णु मगर मुक्ति सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न वडा अधिवेशनबाट मगरको नेतृत्वमा १३ सदस्यीय वडा कमिटि गठन भएको हो ।
कमिटिको उपाध्यक्षमा द्वय ललित गिरी र भविन सुब्बा चयन भएका छन् । यस्तै सचिवमा भुमिराज पराजुली, सह–सचिवमाद्वय दुर्गा घिमिरे र होमबहादुर पौडेल रहेका छन् । कोषाध्यक्षमा सीता पोखरेल र सदस्यहरुमा इन्द्र राउत, रुद्रबहादुर बिष्ट, कालीबहादुर मगर, बिमल लिम्बु, भक्तबहादुर लिम्बुलगायत चयन भएका छन् ।
निवर्तमान वडा पार्टी अध्यक्ष अनिल खजुम लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य लालबहादुर सुस्लिङ मगरले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए भनें नव निर्वाचित अध्यक्ष मुक्तिले प्रतिबद्धता मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेताहरु दौलतराम भण्डारी डाइमन, शिव तिम्सिना, वर्षा भण्डारी, नगर कमिटि अध्यक्ष गोविन्द कटुवाल, सचिव मान दियालीलगायतको उपस्थिति रहेको थियो ।