‘सुनिल शर्माद्वारा पहुँचका आधारमा बजेट विनियोजन’ - Pahilo Online

‘सुनिल शर्माद्वारा पहुँचका आधारमा बजेट विनियोजन’

writer

छविराज ढकाल

पथरीशनिश्चरे / मोरङको निर्वाचन क्षेत्र नम्बर ०३ का संघीय सांसद डा. सुनिल शर्माले जहाँ नेताहरूको पहुँच बढी छ, जहाँ कमिसन खान पाइन्छ, त्यता त्यता मात्रै बढी बजेट विनियोजन भएको गुनासो गरेका छन्। आज मंगलबार मोरङको पथरी शनिश्चरे वडा नं १० स्थित सिरीजङ्गा स्मृति धार्मिक वन समितिद्वारा आयोजित चासोक तङ्नाम, उधौली पूजा तथा यले सम्वत् ५०८४ का अवसरमा उहाँले सो बताउनुभएको हो।

उहाँले यस क्षेत्रका जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेको स्वीकार गर्नुहुँदै ४० ५० वर्षदेखि जकडिएर बसेको भूमिहीन सुकुम्बासी तथा दोहोरो संयुक्तका समस्याहरु आगामी १ डेढ वर्षभित्र समाधान हुने कुरामा आफू विशेष रहेको बताउनुभयो।

उक्त अवसरमा उहाँले इतिहासकै ३० वर्षको अन्तरालमा (बसन्त भट्टराई आयोग पछाडिको) भूमिहीन सुकुम्बासीहरूको समस्या समाधानका लागि पथरी शनिश्चरे देखि विराटचोक सम्मका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूका लागि निस्सा वितरण गरिसकेको र सुकुम्बासी समस्या समाधान आयोगको केन्द्रीय अध्यक्ष नियुक्ती भइसकेको र चाँडै नै मोरङका लागि समस्या आयोग को जिल्ला अध्यक्ष नियुक्ति हुने भन्नुहुँदै आगामी डेढ वर्षभित्रमा एकपटक लागि समस्या समाधान हुने आफूले विश्वास लिएको बताउनुभयो।

उक्त अवसरमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले नेपाल विविध जनजातिको साझा फूलबारी भएकाले सबै जातजातिहरूको भाषा, साहित्य, संस्कृति आदि संविधान प्रदत्त अधिकार संरक्षण गर्न पथरीशनिश्चरे नगरपालिका सदैव तत्पर रहेको बताउनुभयो। प्रमुख अतिथि डाक्टर सुनिल शर्मा र पथरी शनिश्चरे प्रमुख तुम्वापोले च्याब्रुङ बजाएर संयुक्त रूपमा उद्घाटन गर्नुभएको उक्त कार्यक्रम सिरीजङ्गा स्मृति धार्मिक वन समितिले आयोजना गरेको थियो।

सिरीजङ्गा स्मृति धार्मिक वन समितिका अध्यक्ष डम्बर चोङ्बाङको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का अध्यक्ष नवीनजंग कार्की, आदिवासी जनजाति महासङ्घ पथरी शनिश्चरे अध्यक्ष देवेन्द्र वनेम, वडा अध्यक्ष भीम कुमार राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

सो अवसरमा वडा नं २,३,४,७,९, र १० का वडाध्यक्षहरू क्रमश: नैना साम्पाङ राई, विजय लिम्बु, लोक किरण न्यौपाने, वीरबहादुर राई र जीवन खतिवडा लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

सोही क्रममा प्रमुख अतिथि डाक्टर शर्मा, विशिष्ट अतिथि नगर प्रमुख तुम्वापोले गएको मंसिर -२९ गतेदेखि पुष ०२सम्म सञ्चालन भएका विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रस्तुत गर्नुभएको थियो।

सो अवसरमा आदिवासी जनजाति महासंघ पथरिशनिश्चरे अध्यक्ष देवेन्द्र वनेमले भूमिहीन, सुकुम्बासी, दलित, अव्यवस्थित तथा दोहोरो स्वामित्व जस्ता ९ हजार भन्दा बढी जनताको जग्गा सम्बन्धी समस्याहरू रहेको उल्लेख गर्दै दिगो समाधानका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसमक्ष आवाज पुर्याइदिन माग गर्नु भएको थियो।

लिम्बु संस्कृति झल्किने विभिन्न केलाङ सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको उक्त कार्यक्रममा भलिबल प्रतियोगिताका प्रथम र दोस्रो स्थान हासिल गर्ने उर्लाबारी भलिबल टिम र साकेला गाउँ पालिका भलिबल टिम (खोटाङ)लाई क्रमश: ६० र ४० हजार रूपैयाँ प्रमुख अतिथि डा. सुनिल कुमार शर्माले प्रदान गर्नुभएको थियो।

उक्त चाडका अवसरमा चासोक तङ्नाम मनाउन गत मङ्सिर २९ देखि विभिन्न खेलकुदका प्रतियोगिता , किराँत (मुन्धुम) धर्म अनुसार धार्मिक गतिविधि तथा सांगीतिक कार्यक्रमहरू पनि आयोजना गरिएको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes