पथरिशनिश्चरे, मोरङको पथरी शनिश्चरे वडा नं- १ ले आफ्ना वडाका जेष्ठ नागरिकहरुलाई सम्मान सहित साउण्ड सिस्टम वितरण गरेको छ । आज शुक्रबार नर्वदेश्वर शिवालय मन्दिरमा आयोजित एक कार्यक्रमकाबीच पथरिशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाेले उहाँहरूलाई सम्मानित गर्नुभएको हो।
प्रमुख अतिथि मेयर तुम्वापाेले उक्त अवसरमा वडाका २ सय बढि जेष्ठ नागरिकहरूलाई रुद्राक्ष र टोपी ओढाएर सम्मान गर्नु भएको थियो। आर्थिक वर्ष २०८१/०८२मा जेष्ठ नागरिकहरुलाई साउण्ड सिस्टम वितरण तथा सम्मान शीर्षक अन्तर्गत कूल १ लाख रुपैयाँ विनियोजन गरिएको वडा अध्यक्ष भीमकुमार राईले जानकारी दिनुभयो।
पथरिशनिश्चरे नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्ले, पूर्व उपमेयर यमुना बिष्ट ,वरिष्ठ लोकगायक महेश बुढाथोकी, नर्वदेश्वर मन्दिर अध्यक्ष भविन्द्र विष्ट , वडा सदस्यहरू क्रमशः सुरेश कुमार कार्की, पूर्ण बहादुर कार्की, भारती विश्वकर्मा, बसुन्धरा गुरुङ लगायतको उपस्थिति रहेको उक्त कार्यक्रम अध्यक्षता वडाध्यक्ष भीमकुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा शान्ति किर्तन मण्डली , नर्वदेश्वर कीर्तन मण्डली, लगायतका विभिन्न ५ वटा भजन कीर्तन समूहहरूलाई वाद्ययन्त्र ( साउण्ड सिस्टम) वितरण गर्नुका साथै जेष्ठ नागरिकहरूलाई स्वास्थ्यकर खीर , फलफूल र नास्ता खुवाएर सम्मान गरिएको वडाध्यक्ष भीमकुमार राईले बताउनुभयाे।