मगर जातिको पोषाक तथा बाजा वितरण - Pahilo Online

मगर जातिको पोषाक तथा बाजा वितरण

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले “वडा नम्बर आठको आकृती, जोगाऔं हाम्रो सस्कृती” कार्यक्रम अन्तर्गत मगर समुदायलाई सहयोग गरेको छ ।
वडा कार्यलयको आर्थिक बर्ष २०८१/०८२ को बजेट पचास हजारबाट वडा भित्र बसोबास गर्ने मगर जातिको परम्परागत पोषाक, हुरा नाच्नको लागि आवश्यक बाध्यबादनका सामाग्री वितरण गरिएको वडा अध्यक्ष नवीन कार्कीले बताएका छन ।
वडा नम्बर ८ ले यस कार्यक्रम अन्तर्गत वडाभित्रका सबै जाती जनजातिको परम्परागत सस्कृतिहरुको संरक्षण तथा पुस्तान्तरण गर्न लिम्बू जातिको केलाङ (च्याब्रुङ) नाच, राई जातिको साकेला सिलि, नेपाली नौमती बाजा एक/एक महिना निशुल्क प्रशिक्षण तथा बाजा वितरण, थारु जातिको परम्परागत पोषाक वितरण, भजन किर्तन समुहहरुलाई सामाग्री बितरण साथै गाउँघरमा प्रचलित परम्परागत आरन संरक्षण कार्यक्रममा मेसिनहरु वितरण गरिसकेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes