माओवादी केन्द्र पथरीशनिश्चरेको अध्यक्षमा गोविन्द कटुवाल निर्वाचित - Pahilo Online

माओवादी केन्द्र पथरीशनिश्चरेको अध्यक्षमा गोविन्द कटुवाल निर्वाचित

writer

पहिलो अनलाइन

पथरीशनिश्चरे । नेकपा (माओवादी केन्द्र) मोरङ पथरीशनिश्चरे नगर समितिको दोस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सफलतापूर्वक सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा माओवादी केन्द्रका प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ सहभागी भएका थिए ।


कार्यक्रमका विशिष्ट अतिथिहरूमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य गीता तिम्सिना, केन्द्रीय सदस्य सुशिला घिमिरे ‘शामना’, प्रदेश कमिटी सचिव एवम् प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री गणेश उप्रेती ‘शुशिल’, संविधानसभा सदस्य लालबहादुर सुस्लिङ मगर तथा प्रदेश सदस्य रञ्जु कटुवाल रहेका थिए ।

उद्घाटन सत्रका वक्ताहरू
नगर कमिटीका कोषाध्यक्ष अनु राईले स्वागत मन्तव्य राखेका थिए । प्रमुख अतिथि मिक्सोले शुभकामना मन्तव्य दिँदै पार्टीलाई बलियो बनाउन नेतृत्वले जनताको सेवामा समर्पित हुनुपर्ने विचार व्यक्त गरे । उनले स्थानीय तहमा पार्टी संगठनलाई अझै सशक्त बनाउन आवश्यक रहेको भन्दै जनताको विश्वास जित्ने गरी काम गर्न आग्रह गरे ।


विशिष्ट अतिथि गीता तिम्सिनाले संगठन विस्तार र एकतामा जोड दिँदै माओवादी केन्द्रले जनताको पक्षमा काम गर्दै आएको बताइन् । उनले आगामी निर्वाचनमा पार्टीलाई मजबुत बनाउन नेतृत्वले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।
त्यसैगरी, गणेश उप्रेतीले माओवादी आन्दोलनको ऐतिहासिक योगदान स्मरण गराउँदै पार्टीलाई सशक्त बनाउन नयाँ नेतृत्वले ठोस योजना बनाउनु पर्नेमा जोड दिए ।


नयाँ नगर समिति चयन
अधिवेशनले सर्वसम्मत रूपमा गोविन्द कटुवालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ नगर समिति चयन गरेको छ । समितिको अन्य पदाधिकारी निम्नानुसार चयन भएका छन्ः

उपाध्यक्षमा रविन्द्रकुमार राई, अनिता राई, सुमन वनेम लिम्बू, सचिवमा राजकुमार विश्वकर्मा, सहसचिवमा वर्षा भण्डारी (बिमला) र कोषाध्यक्षमा ध्रुवकुमार बराइली चयन भएका छन् । नवगठित नगर समितिमा निम्न सदस्यहरू चयन भएका छन्ः प्रेम ढकाल, मदन पोखरेल, मान दियाली, पदमबहादुर गुरुङ, भीमकुमार राई, युवराज चौलागाईं, तुलसी लुनिया, ढुण्डीराज खतिवडा, वीरबहादुर तिम्सिना, गयादेवी कविरथ मण्डल, डिल्लीराम चौलागाईं, चन्द्रप्रसाद अधिकारी रहेका छन् ।


यसैगरी, लेखनाथ लुइटेल, छविलाल चौधरी, अर्जुन राय अमात, मुक्तीप्रसाद खतिवडा, हेमराज लामिछाने, सीता कुमारी राई, दिलु मगर, मानबहादुर दर्जी, हिराकुमारी सुस्लिङ मगर छन् ।

यस्तै, ज्ञानुकुमारी मगर, डिगबहादुर लामिछाने, टिकाराम सुवेदी, बुद्ध बल लिम्बू (अनिल), ओमप्रसाद राई, मानबहादुर बस्नेत, कैलाश राई, कर्मबहादुर तामाङ, दीपेश राई, ईश्वर चौहान, निरन्जन मण्डल, टंकनाथ राई, राजु सिजाली मगर, लाक्पा तामाङ, मनोज राई, लोकबहादुर तामाङ चयन भएका छन् ।

अधिवेशनपछि नवगठित नगर समितिले १० जना सदस्यहरू मनोनित गरी ५५ सदस्यीय नगर समिति निर्माण गर्ने जनाइएको छ ।

अधिवेशनका अन्य गतिविधिहरू
बन्द सत्रमा बालकुमार मगर, शिव तिम्सिना, नरेश घतानी, रञ्जु कटुवाल र हिरा सुस्लिङ मगर रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो । निर्वाचन प्रक्रियाको संयोजनका लागि घनश्याम ढकालको संयोजकत्वमा देउमान लिम्बू, रामकुमारी राई, अर्जुन जम्नेली राई र शम्भु बराइली रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

अधिवेशनमा पथरीशनिश्चरेका १० वटै वडाबाट छनोट भएर आएका प्रतिनिधिहरू तथा पर्यवेक्षक गरी करिब ३५० जनाको सहभागिता रहेको थियो ।

नवनिर्वाचित नेतृत्वले पार्टी संगठनलाई बलियो बनाउन प्रतिबद्ध रहेको बताएका छन् । अधिवेशनले माओवादी केन्द्रलाई स्थानीय तहमा अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes