पथरीशनिश्चरे, मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पथरीशनिश्चरे वडा नं. ४ को वडा अधिवेशन सम्पन्न भएको छ । आज बुधबार सम्पन्न अधिवेशनले विनोद न्यौपानेको सभापतित्वमा ९ सदस्यीय नयाँ वडा समिति चयन गरेको छ ।
समिति सदस्यहरूमा दलबहादुर न्यौपाने, इन्द्रबहादुर खड्का, छत्रबहादुर खड्का, सम्झना चौधरी, तेजकुमारी विश्वकर्मा, सवनम राई, मित्रप्रसाद अधिकारी र सुरेन्द्र कुमार राई रहेका छन् ।
अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा पार्टीका जिल्ला सभापति भरत कँडेल उपस्थित थिए भने विशिष्ट अतिथि प्रदेश सदस्य प्रेमलाल चौधरी रहेका थिए । कार्यक्रममा नगर कमिटी कार्यवाहक सभापति गीता लिम्बु श्रेष्ठको अध्यक्षता रहेको थियो । कार्यक्रम सञ्चालन वडा नं. ९ का सभापति सुबासचन्द्र भट्टराईले गरेका थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि भरत कँडेलले पार्टीको संगठन विस्तार र बलियो नेतृत्व निर्माणका लागि यस प्रकारका अधिवेशनहरू महत्वपूर्ण रहेको बताए । विशिष्ट अतिथि प्रेमलाल चौधरीले पार्टीका सिद्धान्त र कार्यदिशाबारे प्रकाश पार्दै नयाँ नेतृत्वलाई सफल कार्यकालका लागि शुभकामना दिए ।
यसअघि वडा नं. ४ को सभापति हिकमत श्रेष्ठ रहेका थिए । नयाँ नेतृत्वले वडा तहमा संगठनलाई अझै सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।