मिक्लाजुङ –५ मा घरायसी साबुन तथा सरफ बनाउने तालिम - Pahilo Online

मिक्लाजुङ –५ मा घरायसी साबुन तथा सरफ बनाउने तालिम

writer

पहिलो अनलाइन

मिक्लाजुङ । मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ को आर्थिक सहयोग तथा जनचर्चा टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ प्रा.लि.को आयोजनामा घरायसी साबुन तथा सरफ बनाउने तालिम सम्पन्न भएको छ । तालिम मिक्लाजुङ गाउँपालिका–५ मा फागुन ५ र ६ गते सञ्चालन भएको थियो ।

तालिम समापन समारोहलाई वडाध्यक्ष मेघनाथ तामाङले सम्बोधन गर्दै तालिमको महत्वबारे चर्चा गरे । उनले स्थानीयस्तरमै उत्पादन गरेर आत्मनिर्भर बन्ने अवसर सिर्जना गर्न यस्ता तालिमहरू उपयोगी हुने बताए ।

तालिममा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले घरायसी साबुन तथा सरफ बनाउने प्रविधि सिकेर व्यावसायिक रूपमा अघि बढ्न सकिने आशा व्यक्त गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes